+
+

‘एनआरएनको नेतृत्व अब युवाले लिनुपर्छ’

म सचिवमा चुनाव लडें । एक्लै आफ्नै बलबुताले चुनाव लडें । हारेर पनि मैले चुनाव जिते । महासचिवमा उम्मेदवार घोषणा गरें । तर, मलाई निर्वाचित हुनबाट वञ्चित गरियो । म कि त बोल्दिनँ, बोलेपछि फिर्ता हुन्नँ । यसमा ढुक्क हुनुहोस् । म अध्यक्षमा उम्मेदवारी दिन्छु ।

विनय अधिकारी विनय अधिकारी
२०८० भदौ ३० गते ९:१६

गैरआवासीय नेपाली संघको ११औं महाधिवेशन आगामी अक्टोबर १७ देखि २० हुने गरी निर्णय भएको छ । नेपाल बाहिरको नेपालीको सुखदुःखको साथी भन्ने नारालाई आत्मसात् गर्दै एनआरएनको संस्थागत विकासका लागि आगामी कार्यकालको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।

मैले लामो समयदेखि एनआरएनमै बसेर नेपालको हित महिला सशक्तीकरणको आवाज उठाउँदै आएको तपाईंहरुलाई थाहा नै । पछिल्लो समय नेपालमा देखिएको भूराजनीतिक अवस्था, आर्थिक व्यवसायी क्षेत्रमा देखिएको समस्यालाई मैले निकै नजिकबाट हेरिरहेको छु नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीले खेल्न सक्ने भूमिका पनि एक महत्वपूर्ण कोसेढुंगो सावित हुनसक्छ लगानीको वातावरण बनाइ दीर्घकालीन आर्थिक सुधार अबको पहिलो आवश्यकता हो नेपालको विकास नेपालीको हितमा रहेर काम गर्नका लागि एनआरएनमा मेरो भूमिकामा केन्द्रित हुनेछु ।

हिजोको दिनमा नेपालमा भूकम्प, नाकाबन्दी कोभिड१९ कारण नेपाली जनताले भोग्नु परेको कष्टप्रद क्षणमा पनि हामीले सँगै हातेमालो गरेर अघि बढेका थियौं भोलिका दिनमा आइपर्ने विपत्  व्यवस्थापन, आर्थिक सहायता लगायत अनेक मुद्दामा हातेमालो गर्न सदैव तयार रहेको जानकारी यहाँहरु समक्ष गर्न चाहान्छु । नेपाली नागरिकता, पैत्रिक सम्पत्तिमा हकअधिकार, विदेशस्थित नेपालीलाई सर्वोच्च अदालतको फैसला अनुसार भोटको अधिकार, तपूर्व गोर्खाको समान अधिकार पेन्सनको विषय एनआरएनएमार्फत नेपाल सरकारसँग निरन्तर यस्ता मुद्दामा मेरो सधैं प्रयात्न रहन्छ

तर पछिल्लो क्रममा एनआरएनएभित्र झैझगडा, राजनीतिक हस्तक्षेप गुटबन्दी धेरै नै देखियो अर्कोतर्फ ठूला व्यवसायी पैसा भएका मात्र एनआरएनको नेतृत्वमा पुग्नसक्छ भन्ने जनमानसमा छाप परेको छ । त्यसलाई चिर्न पनि कसैले आँट देखाउनु पर्‍यो । त्यसैले एनआरएनको नेतृत्व अब युवाले लिनुपर्छ भन्नका खातिर पनि मैले सन् २०२३२०२५ कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

सम्पन्नशाली छौं भन्नेहरुले एनआरएन बिगारेका हुन् । मध्यपूर्व, युरोप वा अमेरिकामा मजदुरी गर्नेले एनआरएन बिगारेका हुन् र ? नेताहरुको दैलोमा पुगेर चाकडी गर्ने अभियन्ताहरुले नै संघलाई यो हालतमा पुर्‍याएका हुन् ।

१३ वर्ष एनआरएनको अभियानमा जोडिएको छु । कतिपय साथीहरुलाई एनआरएनमा विभिन्न पदहरु लिंदै रोलक्रमसँगै अगाडि बढ्ने इच्छा होला । पदहरुमा पटकपटक जाने, विभिन्न खालका लाभहरु लिने व्यावसायिक तथा व्यक्तिगत फाइदाका लागि सधैं पदसँगै रहने बानी पनि होला । तर, यदि मसँग क्षमता छ । संघको नेतृत्व लिन सक्छु भन्ने भयो भने मलाई महासचिव वा उपाध्यक्षमा चुनाव लड्नु छैन ।   सीधै नेतृत्वमा पुगेर गाडी हाक्न सक्छु भन्ने विश्वास छ। अहिले एनआरएनको साख गिरेको छ । त्यसलाई बचाउन पनि अब नेतृत्वमा जानैपर्छ भन्ने ठानेर मैले यस्तो निर्णय लिएको हुँ । संघको नेतृत्व लिनका लागि पालै कुरेर अघि बढ्नुपर्छ भन्ने छैन । मेरो उम्मेदवारीले युवा पुस्ताका गैरआवासीय नेपालीहरुलाई अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।

अग्रज प्रतिस्पर्धीहरुसँग लामो अनुभव भनेर भन्नुभन्दा पनि लाप्राक बस्तीदेखि संघको भवन निर्माणसम्मलाई हेरौं । किन उहाँहरुले सही निर्णय लिन सक्नुभएन । उहाँहरु पनि त्यो निर्णयकर्ताको भूमिकामा हुनुहुन्थ्यो । दुवै प्रोजेक्टका लागि जति खर्च भयो त्यो उपयोगी हुन सकेन भन्नेमा मेरो जोड छ । लाप्राक बस्तीमा मैले हालसालै भिजिट गरें । घरहरुमा झार उम्रेका छन् । माथिबाट बस्तीको फोटो समग्ररुपमा राम्रै देखिन्छ । तर, दैनिक जीवन उपयोगी कामका लागि प्रयोग हुन सकेको छैन । मैले धन्सार गोठको रुपमा परिणत भएको पाए । अर्कोतर्फ एनआरएन भवनको जग्गा विवादले गैरआवासीय नेपालीहरुलाई चिन्तित तुल्याएको छ ।

अहिले मसँग प्रतिस्पर्धा गर्ने साथीहरु पनि ति प्रोजेक्टको निर्णय तहमा नै हुनुहुन्थ्यो । अब उहाँहरुबाट के परिवर्तनको आशा राख्न सक्छौ ? उहाँहरुलाई अनुभवी के आधारमा मान्ने ? अहिले नेपालकै उदाहरण हेर्नुहोस् । ठूला राजनीतिक दलका नेताहरुको चुनावमा हालत के भयो ? रवी लामिछाने, बालेन शाह हर्क साम्पाङहरु कसरी उदाए ? ठूला दलहरुले मान्छेलाई मान्छेलाई नगनेर होइन ? हो त्यही रुप शैलीमा एनआरएनमा पनि छ । ढुक्क हुनुहोस् यो पटक परिवर्तन हुन्छ ।

मेरो शक्ति भनेकै परिवर्तन चाहाने गैरआवासीय नेपालीहरुको मत हो । एनआरएनको पुरानो कार्यशैलीबाट वितृष्णा जागेका व्यक्तिहरुले मलाई नेतृत्वमा चुन्नुहुनेछ । अन्य साथीहरुले जित्नु भयो भने तपाईं के परिवर्तनको आशा राख्नुहुन्छ ? उहाँहरुको कार्यशैली सबैलाई थाहा नै छ । कुनै नौलो कुरा भएन । म नेतृत्वमा पुगे भने एनआरएनलाई मिलाउन सक्छु । ड्राईभ गर्न सक्छु ।

यो पटक अनलाइन भोटिङ्ग पनि छ । यहाँ कुनै पैसाको चलखेल गरेर भोट किनबेच हुनेवाला छैन । त्यसैले पनि ढुक्क छु । अहिलेका उम्मेदवार साथीहरुले पहिले एउटा पदमा चुनाव जित्न कति खर्च गर्नुहुन्थ्यो ?  तीन देखि पाँच करोड रुपैयाँसम्म खर्च गर्नुभएको होइन ?  चुनावका लागि कुनै व्यक्तिले करौडौं रुपैयाँ किन खर्च गर्छ ? संस्थामार्फत लाभ लिएर त्यो पैसा उठाउदैन भन्ने के ग्यारेन्टी ?  तपाईहरुले बुझ्नुहोस् । हाम्रो टाउकोको मूल्यमा नेपालमा लगानी भएको छ । गैरआवासीय नेपाली संघ भन्दै विभिन्न हुण्डी काण्डबाट पैसा लैजाने काम भइरहेका छन् । संस्थालाई कतिपयले कमाउने थलो बनाएका छन् । समाजसेवा गर्ने थलोलाई व्यक्तिगत लाभका लागि प्रयोग गर्दै आएका छन् । 

न मैले हिजो कसैको पैसा लिएको छु न त लिन्छु नै । आफ्नो पद र स्वाभिमानलाई कहिल्यै बार्गेनिङ्ग गर्दिनँ । मेरो कति मत आउने र जित्ने भन्ने कुरा डेलिगेट्सले भोट हालेको दिन नै थाहा हुनेछ । म चुनाव जित्छु भन्नेमा पूर्ण विश्वस्त छु

निर्वाचन नजिंकै गर्दा दलका नेताहरुको दैलो चाहार्ने काम यसपटक पनि सुरु भएको छ । तारे होटलमा बैठकहरु गर्दै फेरि पनि संघभित्र राजनीतिक भित्राउने कुचेष्टा गरिएको छ । विवाद निम्त्याउने कामहरु भइरहेका छन् । म त्यसको घोर भर्त्सना गर्दछु । हयात होटलमा एनआरएनको काण्ड हामीले बिर्सेका छैनौं । दोष अरुलाई दिएर हुँदैन। त्यसको दोषी अहिलेकै साथीहरु नै हुन् । हामी अभियन्ता हौं । सम्पन्नशाली छौं भन्नेहरुले एनआरएन बिगारेका हुन् । मध्यपूर्व, युरोप वा अमेरिकामा मजदुरी गर्नेले एनआरएन बिगारेका हुन् र ? नेताहरुको दैलोमा पुगेर चाकडी गर्ने अभियन्ताहरुले नै संघलाई यो हालतमा पुर्‍याएका हुन् ।

तपाईंले मेरो चुनावी खर्चको कुरा गर्नुभयो । सामान्य रुपमा पनि एनआरएनको अध्यक्ष लड्नका लागि मनोनयन शुल्क मात्रै पाँच लाख रुपैयाँ छ । पहिले १० लाख रुपैयाँ थियो । अहिले आधा कम गरिएको रहेछ । अब के भनौं अध्यक्षमा चुनाव लड्दा पैसाको खोलो नै बग्छ । तर, परिवर्तनका लागि चुनाव लड्दा मैले विकृति भित्राउन हुन्न भन्नेमा सचेत छु । मेरो खर्च निकै  न्यून गर्ने सोचमा छु । तर पनि सामान्य मान्छेलाई पनि  चुनावमा सोचेभन्दा बढी नै खर्च छ ।

गत अधिवेशनमा पनि महासचिवको उम्मेदवार हो । ६ लाख रुपैयाँ मनोनयन शुल्क नै थियो । मैले उम्मेदवारी दर्ता  महासचिवमा गराए । तर, आँफूलाई पनि थाहा थिएन एकैचोटी मञ्चबाट उपमहासचिव भनेर घोषणा गरिदिनु भयो खै उहाँहरुको कस्तो सहमति थियो ? अझैसम्म मैले बुझ्न सकेको छैन मतदाताको मताधिकार खोसेर मिचेर जुन निर्णय आयो त्यो गलत थियो। मैले त्यतिबेला पनि विरोध गरेकै थिए । तीन/चार जनाभित्र जानुभयो । कापीमा भटाभट लेखेर नाम सुनाउनुभयो । निकै हास्यास्पद माहोलको साक्षी बनियो । एकताका लागि भनेर निर्णय गरेका ती साथीहरु के गरे ? सल्लाहकार समिति गठन गर्न सके। संरक्षक गठन गर्न सके । आईसीसी सदस्य मनोनयन गर्न नै सके । अन्य कामका कुराहरु परको कुरा ।

अब तिनै साथीहरु फेरि अध्यक्ष लड्छु भन्दै हुनुहुन्छ। यो लाजमर्दो भएर ? उहाँहरुलाई मौका दिएकै हो । तर, गर्न सक्नुभएन बरु अब हामी युवाहरुलाई उहाँहरुले सहयोग गर्नुपर्छ तर, मैले आशा मारेको छैन सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु। यही प्रवृत्तिको विरुद्धमा पनि मेरो अहिलेको अध्यक्षमा उम्मेदवारी हो ।

च्याँखे दाउका लागि उम्मेदवारी दिनुभएको हो ? व्यक्तिगत स्वार्थमा उम्मेदवारी फिर्ता हुनसक्ने सम्भावनालाई तपाईंले  प्रश्न गर्नुभयो । यो निकै गम्भीर कुरा हो । यो एनआरएनमा देखिंदै आएको प्रवृत्ति हो । त्यसकै विरुद्वमा मैले आँट गरेको हुँ । केही मान्छेहरुले गर्ने यस्ता प्रवृत्तिका कारण  हामी सबैका लागि आज प्रश्न बन्ने गरेको छ। यो दुर्भाग्य हो। सामाजिक मान्छे । मेरो आफ्नै इथिक्स छ । विभिन्न संघसंस्थामा आवद्ध भएर काम पनि गरें । मसँग कुनै लोभलालच छैन ।

हिजोको मेरो इतिहास पनि हेर्नुहोस् न । सचिवमा चुनाव लडें । एक्लै आफ्नै बलबुताले चुनाव लडें। २९३ भन्दा बढी मत ल्याएँ । हारेर पनि मैले चुनाव जितेको हुँ । महासचिवमा उम्मेदवार घोषणा गरे । तर,  मलाई निर्वाचित हुनबाटञ्चित गरियो । कि बोल्दिनँ । बोलेपछि फिर्ता हुन्नँ । यसमा ढुक्क हुनुहोस् । म आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिन्छु । फेरि पनि भनौं- न मैले हिजो कसैको पैसा लिएको छु न त लिन्छु नै । आफ्नो पद र स्वाभिमानलाई कहिल्यै बार्गेनिङ्ग गर्दिनँ । मेरो कति मत आउने र जित्ने भन्ने कुरा डेलिगेट्सले भोट हालेको दिन नै थाहा हुनेछ । म चुनाव जित्छु भन्नेमा पूर्ण विश्वस्त छु ।

अन्त्यमा निष्पक्ष रुपमा डेलिगेट्स छानिएर आवोस् भन्ने कामाना पनि गर्दछु। फेरि पनि एनआरएन डेलिगेट्सकै विषयमा विवादमा फस्छ कि भन्ने चिन्ता कता कता छ । तर,  संस्थाले यो पटक जसरी पनि चुनाव गराउनुपर्दछ नयाँ नेतृत्व छान्ने अधिकार गैरआवासीय नेपालीले पाउनुपर्छ  ।

(एनआरएनएको ११औं महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी उपमहासचिव विनय अधिकारीसँग अनलाइनखबरकर्मी वसन्त रानाभाटले टेलिफोनमा गरेको कुराकानी ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?