+
+

केकी र रीमालाई लिएर विमलेशले ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते २०:४१

काठमाडौं । केकी अधिकारी र रीमा विश्वकर्मालाई शीर्ष भूमिकामा लिएर बिमलेश अधिकारीले फिल्म ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने भएका छन् । यो उनको डेब्यु निर्देशन हुनेछ ।

फिल्म उद्योगमा यी तीनजना कलाकार निकट मानिन्छन् । फिल्ममा अभिनय गर्दागर्दै अधिकारी अमेरिका हानिएका थिए । उनी सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका छन् ।

फिल्ममा निर्देशक समेत रहेका विमलेशको शीर्ष भूमिका समेत हुनेछ । मंगलबार आयोजना हुने घोषणा समारोहमा विमलेशले फिल्मको औपचारिक जानकारी दिनेछन् जहाँ अन्य कास्ट एण्ड क्रिउबारे पनि विस्तृत खुलाइनेछ ।

दशैंपछि छायांकन हुने फिल्ममा पछिल्लो समय सहरमा व्याप्त ह्याप्पी डिभोर्सको प्रवृत्तिलाई चित्रण गरिनेछ । विमलेश पछिल्लोपटक २०७३ सालमा प्रदर्शन भएको फिल्म ‘जंगबहादुर कोट’मा देखिएका थिए । ‘ह्याप्पी डिभोर्स’ एकातिर उनको डेब्यु निर्देशकीय फिल्म हुनेछ भने अर्कोतिर कमब्याक फिल्म समेत ।

तुलसी, मुटु, ब्रेकफेल, मेरो बेस्टफ्रेन्ड, को हुँ मजस्ता फिचर फिल्म समेत दर्जनौं म्युजिक भिडियोमा उनले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?