+
+

टाइटानिकबाट के निकाल्न चाहन्छन् जेम्स क्यामरुन ? ३३ पटक गइसके भग्नावशेष हेर्न

एजेन्सी एजेन्सी
२०८० असोज ८ गते १२:५०

सन् १९१२ को अप्रिल १५ मा आन्ध्र महासागरमा दुर्घटना भएको टाइटानिक जहाजको अवशेषबाट चिजबिजहरु निकालेर कसरी ल्याउने भन्ने विषयमा समुद्र वैज्ञानिक तथा विज्ञहरुले वर्षौंदेखि बहस गर्दै आएका छन् ।

समुद्रको पिँधमा रहेको टाइटानिकको भग्नावशेषभित्र रहेका वस्तुहरुलाई निकालेर प्रदर्शनीमा राख्ने र मानिसहरुलाई टाइटानिक दुर्घटनाका बारेमा अझै गहिरो ढंगले बुझाउने सोंच वैज्ञानिकहरुको छ । प्रश्न यो पनि उठ्छ कि के मानिसले यहीँ बहानामा समुद्रको त्यस हिस्साको गहिराइ पनि नाप्न चाहन्छ जहाँ १५ सय जनाको मृत्यु भएको थियो ।

टाइटानिक जहाज दुर्घटनाका विषयमा सन् १९९७ मा बनेको चर्चित हलिउड फिल्म टाइटानिकका निर्देशक पनि डुबेको टाइटानिक जहाजबाट केही खास निकालेर ल्याउन चाहन्छन् ।

सन् १९९५ देखि २००५ को बीचमा क्यामरुम ३३ पटक टाइटानिकको भग्नावशेष सम्म पुगेर आएका छन् । १११ वर्षअघि आफ्नो पहिलो यात्राका क्रममै डुबेको टाइटानिक जहाजभित्र आखिर के छ, जसले यी फिल्म निर्माता तथा निर्देशकको पनि मन खिचिरहेको छ ?

जेम्स क्यामरुनलाई टाइटानिकको अवशेष रहेको सामुद्रिक पिँधको गहिराइमा पुग्नु कति खतरनाक हो र त्यहाँ कस्ता कस्ता समस्या आउन सक्छन् भन्ने पूर्णरुपमा जानकारी छ । त्यसैले उनले एकदम सही समयमा सही ठाउँमा हिर्काइरहेका छन् ।

हाल अमेरिकी सरकारले पनि टाइटानिकको उक्त भग्नावशेषमाथि नियन्त्रण जमाउने वा अहिलेसम्म टाइटानिकबाट ५५ सय भन्दा धेरै प्रकारका चिजहरु बाहिर ल्याएको कम्पनीलाई जिम्मा दिने मनसाय बनाइरहेको छ ।

जेम्स क्यामरुन व्यक्तिगत रुपमा टाइटानिकबाट एउटा विशेष चिज निकालेर ल्याउन चाहन्छन् । उनले यस विषयमा फ्रेन्च सबमरिनर पल हेनरी नार्जियोलेटसँग पनि कैयन् पटक कुरा गरिसकेका थिए ।

दु:खको कुरा त के भने गत जुन महिनामा टाइटानिक भग्नावशेष हेर्न टाइटन पनडुब्बीमा गइरहेको बेलामा समुद्रभित्र भएको दुर्घटनामा पल हेनरीले मृत्यु भयो । पल हेनरी RMS Titanic Inc को उक्त गोताखोरी टोलीका प्रमुख थिए जसले टाइटानिकको भग्नावशेषबाट कैयन् सामानहरु बाहिर ल्याइसकेको छ ।

न्युयोर्क टाइम्सले जेम्स क्यामरुनसँग केही प्रश्नोत्तर गरेको छ । यसबाट टाइटानिक दुर्घटना, त्यसको भग्नावशेष तथा टाइटन दुर्घटनाका विषयमा जेम्स क्यामरुनको धारणा के छ र उनी टाइटानिकबाट कुन विशेष चिज ल्याउन चाहन्छन् भन्ने पनि खुलासा भएको छ ।

टाइटानिकमा कस्तो खालको क्षति भैसकेको छ ?

जेम्स क्यामरुनलाई के उनको १० वर्षको गोताखोरीका क्रममा टाइटानिक जहाजको भग्नावशेषमा कुनै क्षति पुगेको देख्नुभयो ? वा कुनै परिवर्तन देख्नुभयो ? भनेर सोधिएको थियो । त्यसक्रममा उनले जहाजमा रहेका धातुका पातला भित्ताहरु तीव्र रुपमा नष्ट भैरहेको बताए । यसरी नष्ट हुनेमा जहाजको माथिल्लो हिस्सामा रहेका डेकहाउस र अघिल्लो भागको मास्ट रहेका छन् ।

जेम्सका अनुसार सन् २००१ सम्म ती चिज ठीकठाक थिए । तर सन् २००५ मा त्यसको एक भाग भाँच्चियो । मेगेलान नामक कम्पनीले सन् २०२२ मा खिचेको टाइटानिकको तस्वीरमा उक्त भाग पूर्ण रुपमा टुटेको देखिन्छ । साथै हल प्लेट्सको अवस्था पनि खराब छ । त्यस ठाउँमा स्टील डेढ इन्च बाक्लो थियो, जुन करिब २ शताब्दीसम्म यस्तै अवस्थामा रहनेछ ।

के मानिसको आवतजावतले गर्दा नोक्सान पुगेको हो ?

मानिसको आवागमनले सोँचेजस्तो क्षति हुँदैन । आफु त्यहाँ १० वर्षसम्म आउजाउ गरिरहेको भन्दै क्यामरुनले आफ्नो सबमर्सिबल टाइटानिकको माथिपट्टि बस्ने र सबमर्सिबलको वजन केही टनमात्र हुने भएकाले त्यसले खासै हानी नपुर्‍याउने बताउँछन् ।

सबमर्सिल अबतरण गर्दा कुनै क्षति नपुगेकोले गोताखोरीबाट केही पनि असर नपर्ने क्यामरुनको भनाइ छ । त्यसैले भग्नावशेषमा जुन क्षति भैरहेको छ त्यो प्राकृतिक प्रक्रिया हो । यो वर्षौंवर्ष सम्म चलिरहन्छ । टाइटानिकलाई अहिले ब्याक्टेरियाको झुण्डले आक्रमण गरेर नष्ट गरिरहेको छ, मानिसले होइन ।

के टाइटानिकबाट चिजबिज निकालेर बाहिर ल्याउनु ठीक हो ?

जेम्स क्यामरुनका अनुसार दुर्घटनाग्रस्त टाइटानिकको भग्नावशेषबाट चिजवस्तुहरु निकालेर ल्याउनु एक हिसाबले सही काम हो । जहाज दुई टुक्रामा भाँच्चिएको छ । त्यहाँ कैयन् प्लेट, वाइन बोतल, सूटकेस तथा जुत्तालगायतका सामान छरिएका छन् । ती वस्तुहरु दुर्घटनामा परेका यात्रुहरुका हुन् । ती चिजहरुलाई माथि ल्याउन सकिएमा त्यसबाट इतिहासका कथाहरु पत्ता लाग्नेछन् । जस्तै त्यो घडी जुन फ्रेडेरिक फ्लीटले जहाज हिउँको पहाडसँग ठक्कर खानुअघि तीनपटक सम्म बजाएका थिए । अहिले त्यो घण्टी लाखौं मानिसले हेर्न पाउँछन् । यो संग्राहलयमा राखिएको छ । यसका अलावा झुमर, मूर्ति, सिँढी जस्ता टाइटानिकसँग सम्बन्धित चिजहरु पनि संग्राहलयमा राखिएको छ ।

के ल्याउन चाहन्छन् क्यामरुन ?

जेम्स क्यामरुनका अनुसार टाइटानिकको बो तथा स्टर्नवाला भागमा एउटा शानदार वायरलेस प्रणाली छ जसको नाम मार्कोनी सेट हो ।

सोही वायरलेस सेटको माध्यमबाट क्यारपेथिया नामक उद्धार जहाजलाई आकस्मिक सहायताको संकेत प्रेषित गरिएको थियो । त्यसबाटै टाइटानिकको वास्तविक अवस्थिति पत्ता लागेको थियो र ७ सय मानिसको ज्यान जोगिएको थियो ।

जेम्स क्यामरुन भन्छन्, ‘टाइटानिकको वायलेस सेट अद्भुत छ जुन अन्यभन्दा फरक छ । मैले मार्कोनी सेटको खोजी गर्नका लागि मैले धेरै रिमोटबाट सञ्चालित सामुद्रिक ड्रोनहरु परिचालन गरें । तर तिनीहरुले उक्त सेट देखेमात्र, निकाल्न सकेनन् । यो यन्त्र यस्तो छ कि त्यसलाई निकालेर मानिसहरुको अगाडि राख्नु पर्दछ । यसलाई सजिलैसँग निकाल्न सकिन्छ भग्नावशेषमा कुनै नोक्सानी नपुर्‍याइकन । किनकि जहाजको यो हिस्सा तीव्र रुपमा बिग्रिरहेको छ । केही वर्षमा मार्कोनी सेट समुद्रमा पुरिनेछ र त्यसलाई निकाल्न कठिन हुनेछ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?