+
+
Shares

स्थानीयले नकिनेको सेयर थपेर आईपीओ निष्कासन गर्दै माथिल्लो मैलुङ खोला जलविद्युत

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते ११:१४

९ असोज, काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बिक्री नभएपछि उक्त सेयरसमेत थप गरेर सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई १८ असोज देखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२ करोड ८४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी एक अर्ब रुपैयाँको २५ प्रतिशतले हुने २५ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो । जसमध्ये जारी पुँजीको १० प्रतिशतले हुने १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता सेयर अयोाजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरेकोमा ९ हजार २०० कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै कम्पनीले सर्वसाधारणलाई छुट्याएको जारी पुँजीको १५ प्रतिशतले हुने १५ करोड बराबरको १५ लाख कित्ता सेयरमध्ये १० प्रतिशतले हुने एक लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीकेा लागि निष्कासन गरी बाँडफाँट गरीसकेको छ ।

यस्तै कम्पनीले ७५ हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १२ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो । तर, स्थानीयलाई छुट्याएको सेयरमा ९ हजार २०० कित्ता बिक्री नभए पनि उक्त सेयरसमेत थप गरेर १८ असोजदेखि सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीको आईपीओमा छिटोमा २२ असोजसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा भने आवेदन दिने म्याद दुई कात्तिकसम्म थप हुनेछ ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले रसुवाको उत्तरगया गाउँपालिकामा १४.३ मेगावाटको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ ।

आयोजनाको कुल अनुमानित लागत दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत १७ करोड ४८ लाख २५ हजार १७८ रुपैयाँ रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?