+
+

क्लासिक टेकको दशैं-तिहार लक्षित योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १४ गते १८:४४

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैं-तिहार पर्वलाई लक्षित गरी दशैं योजना सार्वजनिक गरेको छ ।

क्लासिक टेकमा आबद्ध हुन चाहने नयाँ ग्राहकहरुले २०० र ३०० एमबीपीएस इन्टरनेट ९०७ र १ हजार १७७ रूपैयाँमा प्राप्त गर्न सक्नेछन् ।

अफर अन्तर्गत जेडटीईको ५गेगाहर्ज राउटर र स्मार्ट सेट टप बक्स निःशुल्क पाउनेछन् भने सेकेन्डरी राउटर जडान गर्न चाहने ग्राहकका लागि कम्पनीले अहिलेसम्मकै सबै भन्दा सस्तो मूल्यमा सेकेन्डरी राउटर प्रदान गर्ने जनाएको छ ।

क्लासिक टेकले कारो टेल कम्पनीसँग भिडियोकोनको स्मार्ट टिभी सेट बिक्री वितरणका लागी साझेदारी गर्ने भएको छ ।

गत वर्ष जस्तै कम्पनीले भिडियोकोनको ३२” र ४३” को स्मार्ट टिभी सेट बजारको मूल्य भन्दा निकै कम समायोजित मूल्यमा पाउन सक्नेछन् । भिडियोकोन ३२” स्मार्ट टिभी १९ हजार १३१ रूपैयाँ र ४३” स्मार्ट टिभी २८ हजार ७०१ रुपैयाँमा लिन सकिने कम्पनीले बताएको छ ।

कम्पनीले आफ्ना बिध्यमान प्रयोगकर्ता हरुका लागी समेत बिशेस अफर ल्याएको छ । ग्राहक हरुले २५० एमबीपीएसको बार्षिक नविकरणमा ५०० एमबीपीएस इन्टरनेट स्पिड पाउन सक्नेछन् भने १२ महिनाको रिचार्ज गर्दा २४ महिना इन्टरनेट चलाउन सकिने विशेष व्यवस्था रहेको कम्पनीले बताउको छ ।

कम्पनीले वार्षिक रिचार्जमा पनि जेडटीईको ५गेगाहर्ज राउटर नि शुल्क पाउनुहुनेछ भने  भिडियोकोनको ३२” तथा ४३” को स्मार्ट टिभी सेट पनि सुपथ मूल्य लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?