+
+

टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १५ गते १३:१३

काठमाडौं । सिप्रदीले टाटा कमर्सियल गाडीका ग्राहकलाई चाडपर्वको समयमा सुरक्षित यात्राको कामनासहित शुभकामना सर्भिस क्याम्प सञ्चालनमा ल्याएको छ ।

चाडपर्वको समयमा ढुक्कसँग आफ्नो व्यवसाय सञचालन गर्न सहयोग मिलोस् भन्ने उदेश्यले १४ असोजदेखि ३ कात्तिकसम्म क्याम्प सञ्चालनमा ल्याएको सिप्रदीले जनाएको छ ।

उक्त क्याम्प सिप्रदीका २६ वटा सर्भिस सेन्टर र ७ वटा आधिकारीक सर्भिस सेन्टरहरुमा एकै साथ सञ्चालन भइरहेको कम्पनीले जनाएको छ ।

क्याम्पमा सहभागी ग्राहकका गाडीमा बम्पर टु बम्पर चेकअप, ब्याट्री चेकअप, एफईपी चेकअप, इलेक्ट्रिकल चेकअप, कम्प्युटर डाग्नोसिस आदि निशुल्क चेकअप सुविधाहरु रहेको कम्पनीले जनाएको छ ।

जसले गाडीको कन्डिसनको बारेमा पूर्ण जानकारी प्रदान गर्दछ र यदी मर्मत–सम्भार गर्नु पर्ने अवस्था भएमा टाटा जेन्यूइन पार्ट्समा १५ प्रतिशतदेखी २२ प्रतिशतसम्म छुट तथा ल्यूब्रिकेन्टमा २५ प्रतिशत छुटको व्यवस्था रहेको कम्पनीको भनाइ छ ।

प्री सर्भिस बुकिङ्ग गरी आउने गाडीहरुका लागि निःशुल्क सर्भिसिङ चार्जको साथमा निःशुल्क वासिङ र ग्रिजिङको सुविधा पनि प्रदान गरेको छ ।

कम्पनीका अनुसार हाइवेमा ब्रेक डाउन भएमा २४ सै घण्टा सातै दिन सिप्रदीको टोल फ्री सेवा पनि उपलब्ध रहने छ । साथै भाग्यशाली ३४ जना ग्राहकहरुलाई स्मार्ट घडी जित्ने अवसर पनि रहेको छ ।

यस अवधिभर गोंगवु बसपार्कबाट छुट्ने बसका लागि पनि विषेश चेकअप सुविधाका साथमा सुलभ मूल्यमा गाडीको मर्मत सम्भार गरिदिने व्यवस्था सिप्रदीले गरेको छ ।

यस अवधिभरमा ४००० भन्दा बढी गाडीहरुको चेकअप गर्ने लक्ष्य लिएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?