१५ असोज, काठमाडौं । १९ औं एसियन गेम्समा सहभागी भई राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ ।
एसियन गेम्समा नेपाली टोली दुई खेलमा हार र एक खेलमा बराबरीको नतिजासहित समूह चरणबाटै बाहिरिएको थियो ।
नेपाल पहिलो खेलमा भियतनामसँग २–० र दोस्रो खेल जापानसँग ८–० ले पराजित भयो । बंगलादेशसँग भने १–१ बराबरी खेलेको थियो ।
नेपाली महिला फुटबल टिम पहिलो पटक एसियन गेम्समा सहभागी भएको हो ।
प्रतिक्रिया 4