+
+

विपिनको उद्धार गर्न अपिल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २७ गते ९:०७

२७ असोज, काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको युवा संगठनले इजरायलमा सम्पर्कविहीन भएका विपिन जोशीको उद्धारका लागि अपिल गरेको छ ।

क्रान्तिकारी युवा संगठन, नेपालका सुदूरपश्चि प्रदेश संयोजक दीपेन्द्रसिंह ऐरीले वक्तव्य जारी गर्दै विपिन जोसलाई अविलम्ब नेपाल फर्काउनका लागि पहल गर्न सरकारसँग माग गरेका हुन् ।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासले आक्रमण गर्दा कञ्चनपुरका विपिन सम्पर्कविहीन भएका छन् । उनीसँगैका विद्यार्थीहरूलाई भने सरकारले उद्धार गरेर नेपाल ल्याइसकेको छ ।

उनका साथीहरूले हमासले गिरफ्तार गरेको बताए पनि उनको बारेमा वास्तविकता खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?