+

मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

२०८० असोज  २८ गते १६:३१ २०८० असोज २८ गते १६:३१
Shares
मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् ।

पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको भन्दा बाहिरको खाना रुचाउँछन्, बाहिर खेल्न जान भन्दा मोबाइलमा गेम खेल्न रुचाउँछन् । यदि आमाबाबुले आफ्ना बच्चाहरूको जीवनशैली र खानपानमा ध्यान दिएनन् भने भविष्यमा बच्चाहरूले धेरै स्वास्थ्य समस्या सामना गर्नुपर्ने हुन सक्छ ।

खराब जीवनशैली र खानपानले ल्याउन सक्छ यस्ता स्वास्थ्य समस्या

बाहिरको जंकफुड, प्याकेटफुड जस्ता खानाले बालबालिकामा पोषणको कमी भएर कुपोषण हुन सक्छ । कृत्रिम रंग, चिनी, चिल्लो पदार्थ, सोडियम आदि मिसाइएको हुन्छ, जसले मोटोपन बढ्ने समस्या हुन्छ । चिसो आइसक्रिम जुसहरू खाएर टन्सिल हुने जस्ता तत्कालीन समस्या देखिन्छ ।

यस्ता खानाको सेवनले कालान्तरमा पेटको समस्या, मोटोपन बढेर पछि मुटुको समस्या, मधुमेह र क्यान्सर जस्ता समस्या आउन सक्छ ।

बच्चाहरू मोबाइलको प्रयोग धेरै गर्छन् शारीरिक रूपमा सक्रिय छैनन् । धेरै मोबाइल चलाउँदा आँखाको समस्या, भर्चुअल अटिजम जस्ता समस्या पनि देखा परेका छन् । यस्ता विभिन्न स्वास्थ्य समस्याबाट बालबालिकालाई बचाउन यी दुई कुरामा विशेष ध्यान दिनुपर्छ ।

घरमै बनेको खाना दिऊँ

बाल स्वास्थ्यका लागि जंकफुड टाउको दुखाइको विषय बन्दै आएको छ । बालबालिकाहरू घरमा बनेको खानेकुरा भन्दा बजारमा पाइने जंकफुड, प्याकेटफुडमा बढी लोभिन्छन् । जंकफुड आफैंमा ताजा, पोषिलो र सन्तुलित भोजन होइन । यस्ता खानेकुरामा कृत्रिम रंग, चिनी, चिल्लो पदार्थ, सोडियम आदि मिसाइएको हुन्छ, जो मोटोपनदेखि अनेक रोगको कारण बन्न सक्छ ।

जंकफुडले पेट भरेपछि बालबच्चाहरूले अरू पोषिलो खानेकुरा खाँदैनन् । यसले उनीहरूमा पोषणको अभाव हुन्छ । त्यसैले बालबालिकालाई बजारको खाना भन्दा घरमै बनेको ताजा खानेकुरा खान दिनुपर्छ । त्यसैले बालबच्चाका लागि घरमै खानेकुरा बनाएर राखिदिने र समय मिलाएर दिने गर्न सकिन्छ ।

बालबालिकालाई बाहिर खेल्न पठाउँ

अहिलेका बालबालिका मोबाइल, ट्याब्लोइड, ल्यापटपमा बढी समय बिताउन थालेका छन् । बुवाआमाको लागि पनि यो राम्रो बहाना भएको छ, छोराछोरी फकाउने । तर बच्चालाई बढी भन्दा बढी आउटडोर गेम अर्थात् घरबाहिरको खेलमा प्रेरित गर्नुपर्छ, जहाँ उनीहरूको शरीर चलायमान हुन्छ । यसले शारीरिक गतिविधि बढ्छ । समग्र स्वास्थ्यमा राम्रो प्रतिफल मिल्छ ।

बच्चाको मानसिक विकासको लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरूले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् ।

बौद्धिक विकासको लागि पनि शारीरिक तन्दुरुस्ती महत्त्वपूर्ण हुन्छ । त्यसैले शारीरिक तन्दुरुस्तीका लागि व्यायाम अनिवार्य हुन्छ । यदि बच्चा बाहिरी खेलमा अभ्यस्त छन् भने उनीहरूको शारीरिक व्यायाम हुन्छ । उनीहरू साथीसँग खेल्छन्, दौडिन्छन् र उफ्रिन्छन् । यसले शारीरिक व्यायाम राम्ररी हुन्छ ।

(बाल तथा छातीरोग विशेषज्ञ डा. रिजालसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

जीवनशैली बालबालिका
डा. प्रशान्त रिजाल
लेखक
डा. प्रशान्त रिजाल
बालरोग विशेषज्ञ तथा पल्मोनोलोजिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३२१८ अध्ययन : एमबीबीएस, एमडी (बाल चिकित्सा), पेडियाट्रिक पल्मोनोलोजीमा फेलोसिप हाल काठमाडौंस्थित ग्रान्डी इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

बाढी रोकिए पनि मनको त्रास रोकिँदैन : कसरी जोगाउने मानसिक स्वास्थ्य ?

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

विपद्‍पछि देखिने हरेक मानसिक प्रतिक्रिया रोग होइन

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

बाढीपीडितको सहयोगका लागि नेशनल प्याथ ल्याबले ‍दियो १५ लाख ५५ हजार

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

गोकर्णमा आज पनि गरिँदैछ बाढीका शव व्यवस्थापन

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

शव व्यवस्थापनमा खटिनेका लागि पीपीई र संक्रमण नियन्त्रण सामग्री हस्तान्तरण

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज

रसुवा बाढी : राष्ट्रिय ट्रमा सेन्टरमा १३ जना उपचाररत, ३५ जना डिस्चार्ज