३० असोज, काठमाडौं । नामिबियाका रुडोल्फ ‘रुडी’ जानसेन भान भुरेन दुई फरक खेलको विश्वकप खेल्ने खेलाडी हुन् । उनले क्रिकेट र रग्बी दुवैको विश्वकप खेलेका छन् ।
यो दुई खेलमा विश्वकप खेल्ने उनी एक्लो खेलाडी समेत हुन् । उनले सन् १९९९ र २००३ को रग्बी विश्वकप खेलेका थिए भने २००३ कै आईसीसी वान डे विश्वकप समेत खेलेका थिए ।
भुरेन फिजिसियन र वातावरण तथा वन्यजन्तुविद् समेत हुन् ।
उनले एकै वर्ष क्रिकेट र रग्बीको विश्वकप खेल्दै कीर्तिमान बनाएका थिए । २००३ को फेब्रुअरीमा साउथ अफ्रिका जिम्बावे र केन्यामा भएको क्रिकेट विश्वकप खेलेका उनले त्यही वर्ष अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा रग्बी विश्वकप खेलेका थिए ।
भुरेनसँग एउटा रमाइलो किस्सा समेत जोडिएको छ । २००३ को विश्वकपमा उनले पाकिस्तानका कप्तान वाकर युनिसलाई उनका बलर वासिम अक्रम र सोएव अख्तरमा पेसको कमी रहेको बताएका थिए ।
तर त्यसको ६ दिनपछि त्यही सोएवले क्रिकेट इतिहासमै सबेभन्दा तेज गतिको बल फाले । सोएवले इंग्लयाण्ड विरुद्ध १०१.३ किमी प्रति घण्टाको गतिबलमा बलिङ गरेका थिए ।
त्यही पाकिस्तान विरुद्ध भुरेनले २००३ को विश्वकपमा डेब्यु गरे । जहाँ १० ओभरमा १ मेडन राख्दै ४७ रन खर्चेर विकेट विहिन बनेका उनले ब्याटिङमा १४ रन बनाएका थिए । जुन बोजना कोत्जेले बनाएको २४ रन पछि संयुक्त रुपमा दोस्रो उच्च व्यक्तिगत स्कोर थियो ।
‘म ११औं नम्बरमा ब्याटिङ गर्न आउँदा हामी ४२-२ को अवस्थामा थियौँ । विश्वकपको सबैभन्दा कम स्कोर ४५ मा अलआउट थियो’, भान भुरेनले भने, ‘म क्रिजमा जानुअघि हाम्रो टिम म्यानेजर मलाई भनेका थिए- डाक्टर हामीलाई कीर्तिमानको कितावबाट बाहिर राख्नुस् ।’
दशौँ विकेटका लागि भान भुरेन र कोत्जेल ४२ रनको साझेदारी गर्दै खराब कीर्तिमानबाट बचाए । पाकिस्तानको बलिङ सामु उनले १९ बल खेल्दै २ चौका समेत प्रहार गरे ।
पहिलो ब्याटिङ गर्दै २५५ रन बनाएको पाकिस्तानले खेल भने १७१ रनले जितेको थियो ।
उनी क्रिकेट विश्वकप खेल्नुअघि नै क्वालिफाइड फिजिसियन भएकोले उनलाई टिम म्यानेजरले डाक्टर सम्बोधन गरेका थिए ।
प्रतिक्रिया 4