+
+

मुलुकमा धेरै राजनीतिक दल आवश्यक छैनः महासचिव पोखरेल

रासस रासस
२०८० कात्तिक ४ गते १८:४८

४ कात्तिक, देउखुरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशमा धेरै राजनीतिक दल आवश्यक नभएको बताएका छन् ।

एमाले जिल्ला कमिटी दाङको आयोजनामा दाङको घोराहीमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राष्ट्रले आर्थिक उन्नतिको बाटोमा डोर्‍याउने सबल राजनीति दल खोजेको बताए ।

एक फरक प्रसंगमा उनले मुलुकको अर्थतन्त्र सबल नभएकामा चिन्ता व्यक्त गरे । अर्थतन्त्र सबल भएमा मात्र देश पनि बलियो हुने उनको तर्क थियो ।

दशैं पारिवारिक मिलन र सद्भाव बढाउने पर्व भएकाले संस्कृति–परम्पराको जगेर्ना गर्नु सबै नेपालीको दायित्व भएको महासचिव पोखरेलले बताए । शहर र गाउँलाई दशैंले जोडेको उनले उल्लेख गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?