+
+

कोशीमा दशैं अवधिमा १६ जनाको दुर्घटनामा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १२ गते १३:१९

१२ कात्तिक, विराटनगर । दशैंको अवधिमा कोशी प्रदेशमा भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीको  राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार ५ कात्तिक फुलपातीदेखि ११ कात्तिक कोजाग्रत पूर्णिमासम्म १३५ वटा गाडी दुर्घटना भएको थियो । जसमा १६ जनाको मृत्यु भएको हो । ती दुर्घटनामा २६५ जना घाइते भएका छन् र ४१ जना गम्भीर घाइते भएका छन् ।

प्रहरीले दशैंमा ६ हजार ६२८ वटा सवारी साधनलाई कारवाही गरेको थियो । कारवाहीबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ जरिवाना संकलन भएको कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष २०७९–०८० को दशैंमा काेशी प्रदेशमा १८० वटा गाडी दुर्घटनामा भएको थियो । जसमा १६ जनाको मृत्यु भएको थियो भने २२६ जना सामान्य घाइते भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?