+
+

भाइ मसला : के-के चाहिन्छ, कति पर्छ मूल्य ?

शंकर गिरी शंकर गिरी
२०८० कात्तिक २० गते १३:४१

तिहारको आफ्नै विशिष्ठ विधि–विधान छन्, भाइपूजा यसैको एउटा अंश हो । चेलीबेटी र माइतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन भाइपूजाको प्रचलन सुरु भएको मानिन्छ ।

भाइपूजामा विधिगत ढंगले पूजाआजा गरी एकअर्कामा उपहार आदनप्रदान गरिन्छ । ढाका टोपी, सप्तरंगी टिका, सेलरोटी, सयपत्रीको माला यसबेला अनिवार्य मानिन्छ । त्यससँगै भाइमसला पनि छुटाउनै नहुने सामाग्रीमा पर्छ ।

भाइमसला अर्थात ड्राइफ्रुट्स । जाडो याम सुरु हुनै लाग्दा यस्ता खानेकुरा शरीरका लागि बढी लाभदायक हुने पोषणविद्हरु बताउँछन् । संभवत त्यसैले जाडोको मौसमसँग जुध्न शरीरलाई भाइमसला जरुरी हुने भएकाले यस्तो प्रचलन सुरु भएको हो ।

त्यसो त अहिले भाइमसला बजारमा छ्यापछ्याप्ती पाइन्छन् । सामान्यदेखि महंगोसम्मका प्याकेटमा भाइमसला पाइन्छन् । यद्यपि त्यसमा भाइमसलासँगै चकलेट वा कृतिम खानेकुराहरु पनि राख्ने गरिन्छ । माइतीको सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै दिइने भाइमसला सकेसम्म प्राकृतिक खानेकुराहरुले भरिपूर्ण भएको हुनुपर्छ । यसमा खासगरी ओखर, बदाम, नरिवल, किसिमिस, काजु आदि समावेश गरिन्छ ।

पोषणको खजना

भाइमसला आफैमा पोषणको खजना हो । जस्तो ओखर ओमेग थ्रि फ्याटी एसिड, एन्टिअक्सिडेन्टको स्रोत हो । बदाममा फ्याटी एसिड हुनका साथै प्रोटिन, फाइबर पनि पाइन्छ । काजुमा एन्टि एजिङ तत्व, भिटामिन बि जस्ता पोषक तत्व हुन्छ । किसमिसमा भिटामिन ए, पोटेसियम, म्याग्नेसियम जस्ता सुक्ष्म पोषक तत्व पाइन्छ ।

उचित मात्रा

नेपालीमा एउटा भनाई छ, धेरै खायो भने औषधि पनि विष हुन्छ । धेरै खायो भने चिनी पनि तीतो हुन्छ । ठीक यसैगरी पोषणले भरिपूर्ण भाई मसला पनि आवश्यक्ताभन्दा धेरै खाँदा फाइदा गर्दैन । बरु, यसले हानी पु¥याउँछ ।

धेरै मात्रामा भाई मसला सेवन गर्दा ग्याष्ट्रिक हुने, पचाउन गाह्रो हुने, कब्जियत हुने, पखला लाग्ने जस्ता समस्या देखापर्छ ।

कति छ बजार मूल्य ?

धेरै जना दाजुभाई छ भने भाइमसला खरिद गरेर घरमै आकर्षक प्याकेजिङ गर्न सकिन्छ । ओखर, काजु, किसिमिस जस्ता मूख्य मूख्य भाइमसलाको अहिले बजार मूल्य कति छ त ?

प्रतिकिलो काजुको मूल्य १५ सय रुपैयाँ छ । ठूलो बदाम १२ सय रुपैयाँ, पेस्ता दुई हजारदेखि २१ सय  रुपैयाँसम्म, ओखर ४ सय ५० रुपैयाँ, नरिवल ४ सय ५० रुपैयाँ छ । यसैगरी किसमिस प्रतिकेजी ५ सय रुपैयाँ, अन्जिर २२ सय रुपैयाँ छ भने छोकडा ४ सय ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?