२० कात्तिक, काठमाडौं । नेपाली घरेलु फुटबलका चर्चित पूर्व खेलाडी तथा च्यासल युथ क्लबका पूर्व प्रशिक्षक बालगोपाल साहुखल चितवन एफसीको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
सोमबार एफसीको अफिसियल फेसबुक पेजबाट दिएको जानकारी अनुसार मंसिर ८ गतेबाट सुरु हुने दोस्रो संस्करणको एनएसएलकासाहुखल सहायक प्रशिक्षकको रुपमा आवद्ध भएका हुन् । चितवन एफसीको प्रमुख प्रशिक्षकमा भने भारतीय प्रशिक्षक मेहेराजसद्वन वेदु छन् ।
उनले यसअघि यू–२० फुटबल टिममा पनि सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
प्रतिक्रिया 4