+
+

नेपालको जलविद्युतमा लगानीको प्रबल सम्भावना छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते १४:३०

२३ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्वभर अर्थतन्त्रमा समस्या देखिएका बेला पनि नेपालमा लगानीको वातावरण राम्रो रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एसिया स्तरीय बैंकिङ सम्मेलनमा बोल्दै उनले नेपालको जलविद्युत क्षेत्रमा लगानी आकर्षक रहेको बताए ।

‘अन्तर्राष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेको छ, जसबाट नेपाल पनि बच्न सकेको छैन, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ’, उनले भने ।

भारतले १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने प्रतिवद्धता गरेपछि जलविद्युत क्षेत्रको लगानी आकर्षक बनेको उनको भनाइ छ

विश्व बैंक, एशियाली विकास बैंक जस्ता दातृ निकाय नेपालमा ठूला जलविद्युत परियोजनामा लगानी गर्न तयार रहेको पनि अर्थमन्त्री महतले बताए ।

रसिया युक्रेन युद्ध, कसिलो मौद्रिक नीति र महंगीका कारण नेपालको अर्थतन्त्र कमजोर भएको उनको भनाइ छ । ‘उच्च ब्याजदरले ग्रोथमा संकुचन मात्रै भएको छैन, लगानीकर्ताको कन्फिडेन्ट पनि कमजोर भएको छ’, अर्थमन्त्री महतले भने ।

गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंकहरुले अर्थतन्त्रको पुनर्स्थापनामा प्रशंसनीय काम गरेको बताए । कोरोना भाइरस महामारी देखि नै बैंकिङ व्यवसायले प्रभावित भइरहेको भन्दै उनले
उच्च ब्याजदरले कर्जाको मागमा प्रभाव पारेकाले एसियाका बैंकहरुले यस विषयमा सोच्नुपर्ने धारणा राखे ।

‘केही समयअघिको रसिया युक्रेन युद्धको कारण विश्व अर्थतन्त्र नै प्रभावित हुँदा नेपाल पनि यसको प्रभाव प¥यो, कोभिडपछि विश्व बैंकिङ नै चुनौतीपूर्ण बन्दै जानु र पछिल्लो समय इजरायल र हमासको युद्धको प्रभावमा विश्व अर्थतन्त्र खस्किँदा नेपालका बैंकमा थप एनपीएल बढ्यो तर यस्तो समस्यामा विश्वका अन्य देशहरुमा एनपीएल ५ प्रतिशतमाथि हुँदा नेपालको ३ प्रतिशतको हाराहारीमा हुनु भनेको धेरै होइन’, उनले भने ।

गभर्नर अधिकारीले भूकम्पपछि लगातार ८ प्रतिशत नजिकको आर्थिक वृद्धिदर हासिल भएकामा कोभिडपछि अर्थतन्त्र प्रभावित बनेको बताए ।

उनले भने नेपालको जलविद्युतमा लगानीको ठूलो सम्भावना रहेको बताए । ‘नेपालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य लिएको छ भने भारतले पनि आफ्नो लक्ष्य लिएर अगाडि बढेको छ, यस्तोमा नेपालको जलविद्युतमा बजार राम्रो छ’, उनले भने, ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पनि नेपालमा लगानीको सम्भावना भएपनि स्रोतको अभाव रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?