+
+

आईसीसीले गर्‍यो श्रीलंकाको क्रिकेट बोर्डलाई निलम्बन

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २४ गते २०:५५

२४ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंकाको क्रिकेट बोर्ड श्रीलंका क्रिकेटलाई निलम्बन गरेको छ ।

आईसीसीको बोर्ड बैठकले सरकारको हस्तक्षेप भएको भन्दै श्रीलंकाको सदस्यता तत्काल लागू हुने गरि निलम्बन गर्ने निर्णय गरेको हो ।

अनियमितता र भ्रष्टाचारमा संलग्न भएको भन्दै श्रीलंकाका खेलमन्त्री रोशन रणसिंघले सामी सिल्भा नेतृत्वको निर्वाचित क्रिकेट बोर्ड निलम्बन गर्दै नयाँ अन्तरिम कमिटी गठन गरेका थिए ।

खेलमन्त्री रणसिंघले सिल्भा नेतृत्वको बोर्डले गरेका खर्च र अन्य कामकारबाहीका बारेमा छानबिन पनि गर्ने घोषणा गरेका थिए ।

रणसिंघले अन्तरिम कमिटीको प्रमुखमा अर्जुन रणतुंगालाई नियुक्त गरेका छन् ।  सन् १९९६ मा श्रीलंकालाई विश्वकप क्रिकेट उपाधि जिताउने कप्तान हुन् । उनी अहिले राजनीतिमा पनि संलग्न छन् ।

भारतमा चलिरहेको विश्वकपमा टिमले खराब प्रदर्शन गरेको बेला श्रीलंकाको सदस्यता निलम्बनमा परेको हो । भारतमा जारी विश्वकपको समूह चरणामा आफ्ना सबै खेल खेलिसक्दा नवौं स्थानमा रहेको श्रीलंका सन् २०२५ मा हुने आईसीसी च्याम्पियन्स ट्रफीमा छनोट हुनसमेत असफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?