काठमाडौं । क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा गोल गर्ने क्रम जारी राख्दा पोर्चुगलले लिचेस्टाइनलाई २-० ले पराजित गर्दै युरो कप छनोटमा शतप्रतिशत विजयलाई कायम राखेको छ ।
समूह जे अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलका लागि रोनाल्डो र जाआओ कान्सेलोले एक-एक गोल गरे ।
रोनाल्डोले पोर्चुगलका लागि कीर्तिमानी १२८औं गोल गरेका हुन् । ३८ वर्षीय रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाडेर साउदी क्लब अल नासेर लागेपछि पोर्चुगलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले यस वर्ष पोर्चुगलका लागि १० गोल गरेका छन् । रोनाल्डोले इरानको अली दाईको नाममा रहेको १०८ गोलको कीर्तिमान तोडेका थिए ।
पोर्चुगलले यसअघि नै युरोकपमा स्थान पक्का गरिसकेको छ र छनोटमा अहिलेसम्म खेलेका सबै ९ खेल जितेर शतप्रतिशत नतिजा निकालेको छ ।
प्रतिक्रिया 4