+
+

सबैभन्दा शक्तिशाली रकेट किन बनाइरहेका छन् एलन मस्क ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १०:१२

अर्बपति एलन मस्कको कम्पनी स्पेस एक्सले विश्वको सबैभन्दा शक्तिशाली रकेट प्रणाली स्टारशिप बनाएको छ ।

शनिबार बिहान यसले सुरक्षित तरिकाले उडान भरेको थियो तर केही समयपछि नै यो विस्फोट भएर ध्वस्त भयो ।

एलन मस्कको यो दोस्रो स्टारशिप थियो जुन प्रक्षेपण पछि असफल भयो । उडान भरेसँगै सुपर हेभी बुस्टर तथा स्टारशिप सफलतापूर्वक अलग भए । स्टारशिपले आफ्नो इन्जिन सञ्चान गर्‍यो र टाढा गयो ।

तर त्यतिबेला नै सुपर हेबी बुस्टरमा विस्फोट भयो । मेक्सिको खाडीमाथि आगोको लप्का देखियो । यद्यपि स्टारशिप अन्तरिक्षयान केही समयका लागि यात्रा जारी राख्नमा सफल भयो।

गत अप्रिलमा पनि करोडौं रुपैयाँ खर्च गरेर एलन मस्कले पहिलो स्टारशिप प्रक्षेपण गरेका थिए, जुन असफल भएको थियो । त्यसैले आखिर करोडौं नोक्सान झेल्दा पनि एलन मस्कले किन पटक-पटक यो रकेट बनाइरहेका छन् त ? भन्ने प्रश्न उठ्नु स्वभाविकै हो ।

वास्तवमा एलन मस्क एउटा यस्ता रकेट बनाउन चाहन्छन् जो अन्तरिक्ष यात्रामा गेमचेन्जर साबित होस् । स्टारशिप एउटा यस्तो रकेट हुनेछ जसलाई पुनः प्रयोग गर्न सकिनेछ । यसमा एकसाथ १०० मानिसहरु बसेर अन्तरिक्ष यात्रामा जान सक्नेछन् । एलन मस्कको लक्ष्य यो यानबाटै मानिसहरुलाई मंगल ग्रहमा पठाउनु हो ।

स्पेस एक्सको स्थापना पनि मानव जीवनलाई अन्य ग्रहसम्म पूराउने उद्देश्यका साथ भएको थियो । पृथ्वीमा कुनै पनि समयमा ठुला उल्कापिण्डहरुको प्रलय आउन सक्ने भएकाले यदि मानिसलाई मंगल ग्रहमा पनि लैजान सकिएमा त्यसले मानव सभ्यतालाई बचाउन सकिने मान्यता एलन मस्कको छ ।

सन् २०१६ मै उनले भनेका थिए कि हामीसँग दुईवटा विकल्प छन् । त्यसमा एउटा विकल्प पृथ्वीमै मात्र बसेर आफै समाप्त भएको हेर्नु हो भने अर्को विकल्प मानिसलाई विभिन्न ग्रहहरुमा बसाउनु हो ।

कस्तो छ सबैभन्दा शक्तिशाली रकेट ?

यो अन्तरिक्षयानलाई दुईवटा हिस्सामा बनाइएको छ । पहिलो स्टारशिप जुन तिखो आकारको छ । यसलाई सुपर हेभी रकेटको माथि जडान गरिन्छ । दुवैलाई जोड्दा यसको उचाइ १२० मिटर हुन्छ । दुवैलाई संयुक्त रुपमै स्टारशिप भनिन्छ । यसको व्यास ९ मिटर छ । माथिल्लो हिस्साको कुरा गर्ने हो भने यो ५० मिटर लामो छ । जबकि हेभी रकेट ७१ मिटर लामो छ । यो स्टिलबाट बनेको छ ।

सर्वाधिक शक्तिशाली इन्जिन

स्टारशिपमा मिथेन अक्सिजन इन्धनबाट चल्ने र्याप्टर इन्जिन रहेको छ । जसको पुनः प्रयोग गर्न सकिन्छ । यसको लम्बाई ३.१ मिटर छ । फाल्कन ९ रकेटको मर्लिन इन्जिनभन्दा यो दोब्बर शक्तिशाली छ । यसमा ६ वटा र्याप्टर इन्जिन छन्, जसमा तीनवटा र्याप्टर इन्जिन तथा तीनवटा र्याप्टर भ्याकूम इन्जिन रहेका छन् । यसलाई नितान्त अन्तरीक्षका लागि डिजाइन गरिएको हो । त्यस्तै सुपर हेभी रकेटमा ३३ वटा र्याप्टर इन्जिन छन् । जसमध्ये १३ वटा केन्द्रमा तथा २० वटा वरिपरि छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?