+

बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

२०८० मंसिर  ६ गते १४:०९ २०८० मंसिर ६ गते १४:०९
बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

बालबालिका त्यसै पनि वयस्कको तुलनामा अलि बढी बिरामी परिरहन्छन् । जाडोयाममा त झन् बालबालिकाहरु कुनै न कुनै कारण बिरामी भइरहेका हुन्छन् । बिरामी भइरहनुमा इम्युनिटी पावर अर्थात् रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु एउटा मुख्यम कारण हो ।

जाडोयाममा बालबालिकालाई रुघाखोकी, निमोनिया, झाडापखाला र हाइपोथर्मियाले धेरै सताउँछ । त्यसका लागि रोगप्रतिरोधात्मक क्षमता बढाउने केही उपाय अबलम्बन गर्नु जरुरी छ ।

खानपान

रोगप्रतिरोधात्मक क्षमता बढाउन बालबालिकालाई प्रोटिन, मिनरल्स, फाइबर, आइरनलगायत पोषण तत्व खुवाउनुपर्छ । जस्तै, गेडागुडीको झोल, हरियो सागपात, अण्डा, माछा मासुलगायत घरमै बनेको स्वस्थ खानेकुरा खुवाउन सकिन्छ । यसले शरीरलाई आवश्यक पोषक तत्व दिएर इम्युनिटी बढाउँछ । सकेसम्म बाहिरी प्याकेजिङ खानेकुरा जंकफुड, कोल्ड डिंकबाट टाढा राख्नुपर्छ । यस्ता जंकफुडले पनि इम्युनिटी कम गर्छ । त्यसैले जाडोयाममा बिहान तातो पानी वा चिया खुवाउन सकिन्छ । यसले शरीरलाई तातो राख्न मद्दत गर्छ ।

व्यायाम

इम्युनिटी पावर बढाउन पाँच वर्षभन्दा माथिका बालबालिकाले व्यायाम गर्न सकिन्छ । यसमा साइक्लिङ, स्किपिङ, मर्निङ वाक गराउन सकिन्छ । यसले मुटु, फोक्सो, हड्डी, मांसपेशी, मानसिक रुपमा स्वास्थ्य बनाउन मद्दत गर्छ ।

पर्याप्त निद्रा

बालबालिकाको निद्राको कमीले गर्दा पनि इम्युनिटी कम हुन्छ । यसले शारिरीक रुपमा कमजोर बनाउँछ । त्यसैले बालबालिकालाई भने १० देखि १४ घण्टा सुताउनुपर्छ । बालबालिकालाई समयमा पूरा निद्रा सुतेमा उनीहरुको रोगप्रतिरोधात्मक क्षमता बढ्छ । रोग लाग्ने जोखिम कम हुन्छ । तर अहिले बालबालिका राति अबेरसम्म मोबाइल हेर्ने बानीले पर्याप्त मात्रामा निद्रा पुगेको हुँदैन । त्यसैले पनि बालबालिका बिरामी भइरहन्छन् ।

सरसफाइ गर्न लगाउने

जाडोयाममा पानी चिसो हुने भएकाले बालबालिकाहरु सरसफाइमा खासै ध्यान दिंदैनन् । जस्तै, जाडोमा अल्छीले हातमुख नै नधोई खाना, खाजा खाएमा विभिन्न कीटाणु शरीरभित्र प्रवेश गर्न सक्छन् । जसले प्रतिरोधात्मक क्षमता कम गराउँछ । त्यसैले यसलाई बढाउन खाना खानुअघि हातमुख धुन लगाउने, सफा लुगा लगाइदिने, नङ काटिदिने, मनतातो पानीले नुहाइदिने गर्नुपर्छ ।

घाम ताप्न लगाउने

जाडोयाममा बालबालिकालाई कम्तीमा आधा घण्टा घाम ताप्न दिनुपर्छ । यसले शरीर न्यानो बनाउनुका साथै भिटामिन डी पनि परिपूर्ति गर्छ । भिटामिन डीले पनि रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

(जनस्वास्थ्यविद् डा. गौतमसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

डा. झलक गौतम बालबालिका रोगप्रतिरोधात्मक क्षमता
लेखक
डा. झलक गौतम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?