+

कतार एयरले सन् २०३० सम्म फिफालाई प्रायोजन गर्ने

२०८० मंसिर  ६ गते १९:१९ २०८० मंसिर ६ गते १९:१९
कतार एयरले सन् २०३० सम्म फिफालाई प्रायोजन गर्ने

६ मंसिर, काठमाडौं । कतार एयरवेजले सन् २०३० को विश्वकप फुटबलसम्म अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफालाई प्रायोजन गर्ने भएको छ ।

कतारमा भएको एक कार्यक्रमका बीच प्रायोजन नवीकरणको घोषणा गरिएकोहो । जसका लागि फिफा अध्यक्ष कतार पुगेका थिए ।

उनले कतारमा विश्वकप आयोजना भएको एक वर्षमै कतार एयरवेजसँग सन् २०३० सम्मको साझेदारी घोषणा गर्न पाउँदा खुसी लागेको बताए ।

सन् २०२६ को विश्वकप, सन् २०२७ को महिला विश्वकप, सन् २०३० को विश्वकका साथै उमेर समूहका फुटबल प्रतियोगितामा कतार एयरवेजको साथ रहने छ । कतार एयरवेज सन् २०१७ देखि फिफाको ग्लोबल एयरलाइन साझेदार छ ।

 

कतार एयर फिफा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय