+

जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

२०८० मंसिर  ८ गते १६:०२ २०८० मंसिर ८ गते १६:०२
Shares
जाडोमा छालामा हुने समस्या र बच्ने उपाय

जाडोयाममा छाला सुख्खा हुन्छ । घाम तापेर, कोठामा हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ । जसकारण छाला अझ बढी सुख्खा हुन पुग्छ । चिसो मौसममा बाहिरी वातावरण पनि सुख्खा हुने भएकाले यसको सोझो असर छालामा पर्छ ।

जाडोमा पानी पनि कम पिउने बानीले गर्दा छालामा चिल्लो पदार्थको कमी भई हात,  खुट्टा, ओठ, अनुहार फुट्ने समस्या हुन्छ । सुख्खा हुने भएकाले गर्मीको समयमा भन्दा जाडोमा छाला चिलाउने समस्या पनि बढी हुन्छ ।

जाडोमा छाला सुख्खा हुँदा अन्य विभिन्न समस्यासमेत आउन सक्छन् ।

एलर्जीको समस्या

जाडो मौसममा एलर्जीको समस्या बढी देखिन्छ । जसलाई विन्टर एक्जिमा वा अटोपिक डर्माटिटिक्स पनि भनिन्छ । यसमा शरीरको विभिन्न भागमा रातो बिमिरा आउने, हातखुट्टामा कत्ला देखिने हुन्छ ।

जाडोयाममा घाम प्यारो हुने भएकाले धेरैबेर घाम ताप्ने गरिन्छ । सिधै घाममा बस्नाले फोटोडर्माटाइटिस अर्थात् घामबाट हुने एलर्जी हुन्छ । यसमा छालामा घामसँग प्रत्यक्ष सम्पर्कमा आउने भाग जस्तै हात, मुख, घाँटीमा बिमिरा आउँछ ।

छालामा रेसाजस्तो लाइन देखिने

लामो समयसम्म चिसो पानी छुदाँ वा चिसोमा बाहिर निस्किंदा रक्तसञ्चारमा कमी हुन्छ । यसले गर्दा हातखुट्टा सुन्निने, रातो हुने वा सियोले घोचेको जस्तो हुन्छ, जसलाई चिलब्लियन्स भनिन्छ । यो चिसोमा हिंड्ने, चिसोमा काम गर्नुपर्ने व्यक्तिलाई बढी हुन्छ । त्यसैगरी हिटर नजिकबाट ताप्दा शरीरमा रेसा रेसा जस्तो लाइन आउँछ । जसलाई इरिथेमा एब इग्ने भनिन्छ । यसबाट बच्न कन्भेक्सन हिटरको प्रयोग गर्ने वा अलि टाढाबाट हिटर ताप्नुपर्छ । नांगो शरीरमा हट ब्याग वा हिटर ताप्नु हुँदैन ।

यस्तै जाडोमा छालामा कत्लेरोग, सिरोसिस, एक्जिमा जस्ता समस्या पनि देखिन्छन् ।

बच्ने उपाय

चिसोबाट बच्न शरीरलाई तातो पारेर राखिरहनुपर्छ । त्यसैले बाहिर निस्किंदा वा घरमा बस्दा न्यानो र पूरै बाहुला भएको लुगा लगाउनुपर्छ ।

नुहाउँदा मोस्चराइजरयुक्त साबुन वा स्याम्पूको प्रयोग गर्नुपर्छ । नुहाउने बित्तिकै पानीको थोपा शरीरमा हुँदै मोस्चराइजर वा बडी आयल लगाउनुपर्छ । यसले छालालाई लामो समयसम्म नरम राख्छ । नुहाउनुभन्दा अघि बडी लोसन वा तेल लगाउनुपर्छ । धेरै तातो पानीले नुहाउने, हातखुट्टा छाला सुख्खा गर्ने भएकाले मनतातो पानीले नुहाउनुपर्छ ।

छालालाई सुख्खा रहन नदिन नियमित मोइस्चराइजिङ क्रिम वा लोसनको प्रयोग गर्नुपर्छ । घाममा जानुअगाडि सन ब्लक क्रिम तथा लोसनको प्रयोग गर्ने, घरमा बस्दा पनि मोइस्चराइजिङ क्रिम लगाउने गर्नुपर्छ ।

जाडोयाममा छालामा टाँसिने ‘सिन्थेटिक’ खालका कपडा लगाउनु हुँदैन । जुन शरीरमा घर्षण भएर छालामा समस्या हुन्छ । जाडो छल्न उलनको कपडा लगाइन्छ । यसले पनि जीउ चिलाउने समस्या हुन्छ । त्यसैले उलनको कपडाभित्र सुतीको कपडा लगाउनुपर्छ ।

छालाको एलर्जी हुनेहरूले चिकित्सकको परामर्श अनुसार साबुन वा स्याम्पूको प्रयोग गर्नुपर्छ । ओठ चिल्लो राख्न भ्यास्लिन वा लिप बाम प्रयोग गरिरहनुपर्छ । छालाको केही समस्या देखापरेमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

छालारोग जाडो स्वास्थ्य
डा. मोहन भुसाल
लेखक
डा. मोहन भुसाल
छाला, यौन तथा सौन्दर्य विशेषज्ञ

डा. भुसाल काठमाडौंस्थित नेपाल मेडिकल कलेजमा कार्यरत छन् । उनी मिराकल स्किन एण्ड हेयर क्लिनिकका संस्थापक निर्देशक पनि हुन् । छाला तथा यौन रोगमा एमडी गरेका उनीसँग फेसियल एस्ठेटिक र कपाल प्रत्यारोपणको फेलोसिप छ । डा. भुसालको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर १३०७१ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

नेपालमा फिजियोथेरापी सेवा आवश्यक पर्ने ५ मुख्य स्वास्थ्य समस्या

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

‘बिरामीले चिउरा, घिउदेखि कुकुरसम्म गिफ्ट दिए’ (भिडियो)

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

कसरी भएको थियो एक्स-रे प्रविधिको आविष्कार ? दुई प्रसिद्ध तस्बिरको कथा

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

क्यान्सरसँग लडिरहेकी कल्पना भन्छिन्, ‘यो एक रोग हो, जीवनको अन्त्य होइन’

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

मोबाइल स्क्रोलिङले निद्रामा पार्छ प्रभाव, वैज्ञानिक तथ्यले के भन्छ ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?

शरीरमा रातो कोठी किन बन्छ ? के छ उपचार ?