+
+

धनकुटा नगरमा भोलि र पर्सि सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १५:३५

१० मंसिर, धनकुटा । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक विदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘वडाङ्मेटमा हामीले हरेक वर्ष सार्वजनिक बिदा दिदै आएका छौं,’ मेयर तामाङले भने, ‘यो वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छौं ।’

बिदामा नगर कार्यपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, नगरस्तरीय कार्यालय र विद्यालयहरू बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गम स्थल मान्दै आएका आठपहरियाहरुले १५ दिनसम्म धुमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?