+
+

बेन स्टोकसँगै जोय रुटले पनि लिए आईपीएल २०२४ बाट नाम फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १८:२३

१० मंसिर, काठमाडौं । इंग्ल्याण्डका दुई खेलाडीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ बाट नाम फिर्ता लिएका छन् ।

वेन स्टोकले केही समयअघि आईपीएल नखेल्ने सार्वजनिक घोषणा गरेका थिए भने जोय रुटले पनि आइपीएलबाट नाम फिर्ता लिएका छन् ।

स्टोकले आफ्नो इन्जुरीका कारण आईपीएलबाट नाम फिर्ता लिएका थिए । त्यस्तै जोय रुटले भने कामको बोझ र आफ्नो फिटनेसको कारण देखाएर नाम फिर्ता लिएका हुन् ।

स्टोकले आगामी नोभेम्बर २३ बाट भारतमा हुने टी–२० अन्तर्राष्ट्रिय सिरिजमा पनि आफू नहुने बताएका छन् । इङ्ल्यान्डका ३२ वर्षीय ब्याटर रुटले गत वर्ष आईपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए । उनले त्यस क्रममा एक पटकमात्रै ब्याटिङको अवसर पाएका थिए ।

राजस्थान रोयल्सले आफ्नो सामाजिक सञ्जालबाट जोय रुटले आइपीएलमा नखेल्ने कुरा सार्वजनिक गरेको हो ।

राजस्थान रोयल्सका क्रिकेट डाइरेक्टर कुमार साङ्गकाराले भने, ‘हामी उनको निर्णयलाई सम्मान गर्छौं । उनले गर्ने हरेक काममा उनले सफलता प्राप्त गरुन्, हाम्रो शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?