+

आर्सनललाई ४ अंकको अग्रता

२०८० मंसिर  १७ गते ८:३२ २०८० मंसिर १७ गते ८:३२
आर्सनललाई ४ अंकको अग्रता

काठमाडौं । प्रिमियर लिगमा शनिबार आर्सनलले वल्भ्सलाई २-१ ले पराजित गर्दै शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा बुकायो साकाले छैटौं मिनेटमै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै १३औं मिनेटमा कप्तान मार्टिन ओडेगार्डले अग्रता दोब्बर पारे ।

वुल्भ्सका लागि ८६औं मिनेटमा माथेउस कुन्हाले एक गोल फर्काए ।

जितपछि शीर्ष स्थानको आर्सनलले १४ खेलबाट ३३ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेष्टर सिटीको २९ अंक छ । वल्भ्स १४ खेलबाट १५ अंकसहित १३औं स्थानमा छ ।

युनाइटेड पराजित

म्यानचेष्टर युनाइटेडको कमजोर प्रदर्शन जारी रहँदा न्युकासल युनाइटेडसँग १-० ले पराजित भएको छ । न्युकासलका लागि घरेलु मैदानमा एन्टोनी गोर्डोनले ५५औं मिनेटमा एक मात्र गोल गरे ।

अन्य खेलमा बर्नलीले शेफिल्ड युनाइटेडलाई ५-० ले पराजित गर्दा ब्रेन्टनले लुटोन टावनलाई ३-१ र एभरटनले नटिङहम फरेस्टलाई १-० ले पराजित गरेको छ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय