+

थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

२०८० मंसिर  १९ गते १२:५५ २०८० मंसिर १९ गते १२:५५
थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

हाम्रो शरीरलाई स्वस्थ रहन, रोग र कुपोषणबाट बच्न विभिन्न प्रकारका पोषक तत्व चाहिन्छ । जुन पोषकतत्व हामी स्वस्थ र सन्तुलित खानाबाट प्राप्त गर्न सक्छौं । सन्तुलित आहार भनेको त्यो हो, जसबाट व्यक्तिले उचित मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू प्राप्त हुन्छ । पोषक तत्वहरूमध्ये ‘अमिनो एसिड’ पनि स्वास्थ्यको लागि जरुरी पोषक तत्वभित्र पर्छ ।

अमिनो एसिड स्वास्थ्यका लागि कति महत्त्वपूर्ण ?

कुनै पनि व्यक्ति स्वस्थ रहनका लागि शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । समग्र स्वास्थ्यलाई राम्रो बनाउन मानिसलाई भिटामिन, मिनरल्स, प्रोटिनलगायत धेरै कुराको आवश्यकता पर्छ । यी चीजहरूमध्ये अमिनो एसिड पनि एक यौगिक हो, जुन मानव शरीरको लागि धेरै आवश्यक पर्छ । अमिनो एसिडले वयस्क तथा साना बच्चाको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

अमिनो एसिड भनेको के हो ?

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार अमिनो एसिड जैविक यौगिकहरू हुन् जसले प्रोटिनहरूको ‘निर्माण ब्लक’ को रूपमा काम गर्छ । अमिनो एसिडले मानवमा धेरै जैविक प्रक्रियामा भूमिका खेल्छ ।  यदि सरल भाषामा बुझ्ने हो भने अमिनो एसिडहरू आधारभूत एकाइहरू हुन् जसले मानव शरीरमा प्रोटिन बनाउँछ । प्रोटिन कुनै पनि मानव शरीरको लागि धेरै महत्त्वपूर्ण छ र यो मानव शरीरमा एमिनो एसिडको रूपमा मात्र उपलब्ध हुन्छ ।

अमिनो एसिड मुख्यतया तीन प्रकारका हुन्छन् । जसमा ‘एसेन्सियल’ अत्यावश्यक अमिनो एसिड, ‘नन–एसेन्सियल’ अनावश्यक अमिनो एसिड र ‘कन्डिसनल’ अतिरिक्त अमिनो एसिड ।

अत्यावश्यक अमिनो एसिड मानव शरीरमा आफैं बन्दैन । जसलाई सामान्यतया हाम्रो आहारमा समावेश गर्न सकिन्छ । यी नौ प्रकारका हुन्छन् । जसमा मेथिन, भ्यालिन, ल्युसिन, थ्रोनिन, ट्रिप्टोफान, आइसोल्युसिन, हिस्टिडाइन, फेनिलालानिन र लाइसिन आदि ।

अनावश्यक अमिनो एसिड के हुन् ?

अनाश्यक अमिनो एसिड मानव शरीरबाट उत्पादन हुन्छ । त्यसैले तिनीहरूलाई आहारबाट प्राप्त गर्न कुनै विशेष आवश्यकता छैन । कुल ११ प्रकारका अनावश्यक अमिनो एसिडहरू हुन्छन् । जसमा एलानाइन, आर्जिनिन, एस्पार्टिक एसिड, सिस्टिन, ग्लुटामाइन, ग्लाइसिन, प्रोलाइन, सेरिन, टाइरोसिन, टोरिन र ग्लाइसिन हुन्छन् ।

अतिरिक्त अमिनो एसिड

अतिरिक्त अमिनो एसिडहरू ती हुन्, जुन रोग, चोटपटक वा गर्भावस्था जस्ता विशिष्ट परिस्थितिमा आवश्यक पर्छ । अतिरिक्त अमिनो एसिडमा आर्गिनिन, सिस्टीन, ग्लुटामाइन, ग्लाइसिन, प्रोलाइन, सेरिन र टाइरोसिन समावेश हुन्छन् । शरीरको सामान्य कार्यका लागि एमिनो एसिडको उचित स्तर कायम राख्नु महत्त्वपूर्ण हुन्छ ।

आवश्यक अमिनो एसिड खानाबाट प्राप्त गर्न सकिन्छ

अत्यावश्यक अमिनो एसिड यस्तो एसिड हो, जुन हामीले खानाबाट प्राप्त गर्न सक्छौं । मुख्यतया नौ प्रकारका आवश्यक अमिनो एसिड छन् र प्रत्येक एमिनो एसिड व्यक्तिको शरीरको राम्रो विकासका लागि चाहिन्छ । हामीले दूध, दही, चीज, मासु, माछा, दाल, भटमास, नट जस्ता खानेकुराबाट एमिनो एसिड प्राप्त गर्न सक्छौं ।

रीरको लागि अमिनो एसिड किन जरुरी छ ?

अमिनो एसिड शरीरको नियमित गतिविधिको लागि धेरै महत्त्वपूर्ण छ । अमिनो एसिडले प्रोटिनको निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । प्रोटिन शरीरका तन्तुहरू र तिनीहरूको संरचनाका लागि आवश्यक हुन्छन् । केही अमिनो एसिडहरू हार्मोन उत्पादनका लागि जिम्मेवार हुन्छन्, जसले शरीरका कार्यहरु नियन्त्रण गर्छ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

यसले शरीरलाई धेरै प्रकारका रोग र संक्रमणबाट बचाउँछन् । एकै समयमा, भोक, निद्रा जस्ता विभिन्न कार्यका लागि र मुड स्वीङलाई कम गर्ने आदिमा अमिनो एसिडले शरीरलाई मद्दत गर्छ ।

अमिनो एसिड थकान मुड स्वीङ
लेखक
आयुष अधिकारी, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

रास्वपाको ‘स्वास्थ्य बीमा पुनर्संरचना मार्गचित्र’ र जोगीको कथा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

सिटामोलले मात्रै नघट्न सक्छ ‘लू’ को ज्वरो, बेवास्ता गर्दा ज्यानै जोखिममा

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

के उमेरसँगै महिनावारीको रक्तस्राव पनि परिवर्तन हुन्छ ?

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

आठौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन जनकपुरमा हुने, अब्स्ट्र्याक्ट पेश गर्न आह्वान

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

एचआईभी नियन्त्रणमा प्रगति भए पनि लाञ्छना र विभेद अझै

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?

विश्वकप हेर्न रातभर बस्दा, स्न्याक्स खाँदा के कुरामा सतर्कता अपनाउने ?