+

थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

२०८० मंसिर  १९ गते १२:५५ २०८० मंसिर १९ गते १२:५५
थकान र मुड स्वीङ हुन्छ ? अमिनो एसिड कमी भएको संकेत पनि हुन सक्छ

हाम्रो शरीरलाई स्वस्थ रहन, रोग र कुपोषणबाट बच्न विभिन्न प्रकारका पोषक तत्व चाहिन्छ । जुन पोषकतत्व हामी स्वस्थ र सन्तुलित खानाबाट प्राप्त गर्न सक्छौं । सन्तुलित आहार भनेको त्यो हो, जसबाट व्यक्तिले उचित मात्रामा भिटामिन, खनिज र अन्य पोषक तत्वहरू प्राप्त हुन्छ । पोषक तत्वहरूमध्ये ‘अमिनो एसिड’ पनि स्वास्थ्यको लागि जरुरी पोषक तत्वभित्र पर्छ ।

अमिनो एसिड स्वास्थ्यका लागि कति महत्त्वपूर्ण ?

कुनै पनि व्यक्ति स्वस्थ रहनका लागि शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । समग्र स्वास्थ्यलाई राम्रो बनाउन मानिसलाई भिटामिन, मिनरल्स, प्रोटिनलगायत धेरै कुराको आवश्यकता पर्छ । यी चीजहरूमध्ये अमिनो एसिड पनि एक यौगिक हो, जुन मानव शरीरको लागि धेरै आवश्यक पर्छ । अमिनो एसिडले वयस्क तथा साना बच्चाको विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ ।

अमिनो एसिड भनेको के हो ?

नेसनल लाइब्रेरी अफ मेडिसिनका अनुसार अमिनो एसिड जैविक यौगिकहरू हुन् जसले प्रोटिनहरूको ‘निर्माण ब्लक’ को रूपमा काम गर्छ । अमिनो एसिडले मानवमा धेरै जैविक प्रक्रियामा भूमिका खेल्छ ।  यदि सरल भाषामा बुझ्ने हो भने अमिनो एसिडहरू आधारभूत एकाइहरू हुन् जसले मानव शरीरमा प्रोटिन बनाउँछ । प्रोटिन कुनै पनि मानव शरीरको लागि धेरै महत्त्वपूर्ण छ र यो मानव शरीरमा एमिनो एसिडको रूपमा मात्र उपलब्ध हुन्छ ।

अमिनो एसिड मुख्यतया तीन प्रकारका हुन्छन् । जसमा ‘एसेन्सियल’ अत्यावश्यक अमिनो एसिड, ‘नन–एसेन्सियल’ अनावश्यक अमिनो एसिड र ‘कन्डिसनल’ अतिरिक्त अमिनो एसिड ।

अत्यावश्यक अमिनो एसिड मानव शरीरमा आफैं बन्दैन । जसलाई सामान्यतया हाम्रो आहारमा समावेश गर्न सकिन्छ । यी नौ प्रकारका हुन्छन् । जसमा मेथिन, भ्यालिन, ल्युसिन, थ्रोनिन, ट्रिप्टोफान, आइसोल्युसिन, हिस्टिडाइन, फेनिलालानिन र लाइसिन आदि ।

अनावश्यक अमिनो एसिड के हुन् ?

अनाश्यक अमिनो एसिड मानव शरीरबाट उत्पादन हुन्छ । त्यसैले तिनीहरूलाई आहारबाट प्राप्त गर्न कुनै विशेष आवश्यकता छैन । कुल ११ प्रकारका अनावश्यक अमिनो एसिडहरू हुन्छन् । जसमा एलानाइन, आर्जिनिन, एस्पार्टिक एसिड, सिस्टिन, ग्लुटामाइन, ग्लाइसिन, प्रोलाइन, सेरिन, टाइरोसिन, टोरिन र ग्लाइसिन हुन्छन् ।

अतिरिक्त अमिनो एसिड

अतिरिक्त अमिनो एसिडहरू ती हुन्, जुन रोग, चोटपटक वा गर्भावस्था जस्ता विशिष्ट परिस्थितिमा आवश्यक पर्छ । अतिरिक्त अमिनो एसिडमा आर्गिनिन, सिस्टीन, ग्लुटामाइन, ग्लाइसिन, प्रोलाइन, सेरिन र टाइरोसिन समावेश हुन्छन् । शरीरको सामान्य कार्यका लागि एमिनो एसिडको उचित स्तर कायम राख्नु महत्त्वपूर्ण हुन्छ ।

आवश्यक अमिनो एसिड खानाबाट प्राप्त गर्न सकिन्छ

अत्यावश्यक अमिनो एसिड यस्तो एसिड हो, जुन हामीले खानाबाट प्राप्त गर्न सक्छौं । मुख्यतया नौ प्रकारका आवश्यक अमिनो एसिड छन् र प्रत्येक एमिनो एसिड व्यक्तिको शरीरको राम्रो विकासका लागि चाहिन्छ । हामीले दूध, दही, चीज, मासु, माछा, दाल, भटमास, नट जस्ता खानेकुराबाट एमिनो एसिड प्राप्त गर्न सक्छौं ।

रीरको लागि अमिनो एसिड किन जरुरी छ ?

अमिनो एसिड शरीरको नियमित गतिविधिको लागि धेरै महत्त्वपूर्ण छ । अमिनो एसिडले प्रोटिनको निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । प्रोटिन शरीरका तन्तुहरू र तिनीहरूको संरचनाका लागि आवश्यक हुन्छन् । केही अमिनो एसिडहरू हार्मोन उत्पादनका लागि जिम्मेवार हुन्छन्, जसले शरीरका कार्यहरु नियन्त्रण गर्छ र प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ ।

यसले शरीरलाई धेरै प्रकारका रोग र संक्रमणबाट बचाउँछन् । एकै समयमा, भोक, निद्रा जस्ता विभिन्न कार्यका लागि र मुड स्वीङलाई कम गर्ने आदिमा अमिनो एसिडले शरीरलाई मद्दत गर्छ ।

अमिनो एसिड थकान मुड स्वीङ
लेखक
आयुष अधिकारी, पोषणविद्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय