+
+

नेपालीलाई रूसी सेनामा पठाएको आरोपमा १२ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते २०:५१

१९ मंसिर, काठमाडौं । नेपाली युवालाई अवैध रूपमा रूसी सेनामा भर्तीका लागि पठाएको आरोपमा १२ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले  महाराजगञ्ज, लैनचौर र ठमेल क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरि विश्वकर्मा र ईश्वरी अधिकारी छन् ।

यस्तै गोकर्ण अर्याल, सुजाता दाहाल, सन्तोष रोक्का, सन्तोष नेपाल र द्रोण डाँगी पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार, पक्राउ परेकाहरुले सामाजिक सञ्जाल मार्फत विज्ञापन गरेर नेपाली युवालाई रोजगारीको प्रलोभन दिने गरेका थिए । त्यसरी सम्पर्कमा आएका व्यक्तिहरुसँग रकम असुली गरेर उनीहरुले यूएई हुँदै रुससम्म लैजाने गरेको पाइएको अधिकृतहरु बताउँछन् ।

प्रहरीका अनुसार, नेपाली युवालाई भिजिट भिसामा त्यहाँ लगिएको पाइएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरो (एएचटीबी) ले पनि यो मामलामा ‘जानकारीमा राखेको’ बताएको छ ।

ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठले भने, ‘पहिले विमानस्थलमा हाम्रो टोली हुँदा भिजिट भिसामा रूस जानेलाई फर्काएका थियौं ।’ उनका अनुसार, रुसबाट फर्किएका मध्ये कोही पनि ब्यूरोको सम्पर्कमा छैनन् ।

रुसी सेनामा भर्ती भएका ६ जना मारिएको जानकारी आएपछि सरकारले सेनामा रहेका नेपालीहरुलाई तत्काल फिर्ता पठाउन कूटनीतिक नोट पठाएको छ ।

युक्रेनसँग युद्ध लडिरहेको रुसले सेनामा भर्ती खोलेपछि मानव तस्करहरुले नेपाली युवालाई पनि लगेको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?