
२० मंसिर, काठमाडौं । नेपाली नागरिकलाई क्यासिनो प्रवेश गर्न भारतीय आधार कार्ड बनाइएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले उपत्यकाभित्र क्यासिनो प्रवेश गराउन विभिन्न व्यक्तिलाई आधार कार्ड बनाइदिएको आरोपमा गोव्न्दि खड्का, नविन राई र विनोद न्यौपानेलाई पक्राउ गरेको हो ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, उपत्यकाभित्र भएका क्यासिनोहरुमा हुने विभिन्न अपराधिक क्रियाकलापमाथि सुक्ष्म निगरानी गर्दा नेपाली नागरिक पनि प्रवेश गरेको पाइएपछि अनुसन्धान थालिएको थियो ।
त्यसक्रममा खड्काले आधार कार्ड बनाइदिने गरेको खुलेपछि उनीसहित थप दुई सहयोगीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4