+
+

नखिपोट र आर्मीको विजयी सुरुआत

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:२१

काठमाडौं । आयोजक नखिपोट युवा क्लब ‘ए’ र नेपाल आर्मीले दोस्रो नखिपोट पुरुष खुला तथा महिला यु–२३ बास्केटबल प्रतियोगिताको पुरुषमा शनिबार विजयी सुरुआत गरेका छन् ।

नखिपोट ‘ए’ ले गोब्लिन्सलाई ७७–६० ले पराजित गर्यो । नखिपोट ‘ए’ को जितमा सुजन पाण्डेले २८ अंक योगदान गरे । निकेश मगरको १५ अंक सहयोगमा आर्मीले कीर्तिपुर ‘ए’ लाई ९१–४३ ले हरायो ।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै ओइभीस हाउन्ड्स र बौद्ध ‘ए’ ले पनि जितका साथ यात्रा प्रारम्भ गरेका छन् ।

ओइभीएसले कीर्तिपुर ‘बी’ माथि १०२–७० को सहज जित दर्ता गर्यो । विजेताका दिप्सन केसीले ३४ अंक जोडे । बौद्ध ‘ए’ ले रोयल्सलाई ७७–७० ले पाखा लगायो । बौद्ध ‘ए’ का तेन्जिङ सोनाम भुटियाले २८ स्कोर गरे ।

प्रतियोगिताको ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृत महतले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको पुरुषमा १९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।

विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई २५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।

महिलामा ४ टिमले राउन्ड रोविन लिगपछि शीर्ष दुईमा रहनेले उपाधिका लागि खेल्ने छन् । पहिलो हुनेले ५० हजार तथा दोश्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

गिफ्ट ह्याम्परसँगै ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १५ हजार नगदबाट पुरस्कृत गरिने छ । पुरुष/महिला दुवैमा सहभागी टिमले ३ विदेशी राख्न पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?