+
+

हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन २४ प्रतिशत आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते १७:३५

काठमाडौं । हिमालयन रि-इन्स्योरेन्सको आईपीओमा पहिलो दिन नै २४.२२ प्रतिशत आवेदन परेको छ । कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि आवेदन माग गरिएकोमा साँझ ५ बजेसम्म ६० लाख ३० हजार ७८० कित्ताका लागि आवेदन परेको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार कुल ३ लाख ३७ हजार ९६४ जनाले कम्पनीको आईपीओमा आवेदन दिएका छन् । कुल १ अर्ब २४ करोड २३ लाख ४० हजार ६८० रुपैयाँ रकमको आवेदन परेको सीडीएसले जनाएको छ ।

बुधबारदेखि सर्वसाधारणका लागि हिमालयन रि-इन्स्योरेन्सको प्राथमिक सेयर आवेदन खुलेको हो । कम्पनीको आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा जाने नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीहरुलाई छुट्याइसकेपछि कुल २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुलाइएको हो ।

कुल जारी पुँजी १० अर्बको ३० प्रतिशत अर्थात् ३ करोड कित्ता सेयर सर्वसाधारण समूहमा जारी हुनेछ । त्यसमध्ये २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारी, १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा गएकाहरुका लागि र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?