+

मोहनदास एसिया प्यासिफिक भेट्रान टेबलटेनिसको क्वाटरफाइनल प्रवेश

२०८० मंसिर  २८ गते ८:०१ २०८० मंसिर २८ गते ८:०१
मोहनदास एसिया प्यासिफिक भेट्रान टेबलटेनिसको क्वाटरफाइनल प्रवेश

२८ मंसिर, काठमाडौं । नेपालका मोहनदास बासुकला थाइल्यान्डको बैंककमा जारी १४औं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस प्रतियोगितामा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा मोहनले इन्डोनेसियाका खेलाडीलाई ३-० को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल पुगेका हुन् ।

आफ्नो समूहको पहिलो खेलमा भने मोहन थाइल्यान्डका खेलाडीसँग ३-१ ले चुकेका थिए । मोहनसहित तीन खेलाडी रहेको उक्त समूहमा इन्डोनेसियाका खेलाडी थाइल्यान्डका खेलाडीसँग पराजित भएपछि मोहनको क्वाटरफाइनल यात्रा उपविजेताका रुपमा सम्भव भएको हो ।

 

एसिया प्यासिफिक भेट्रान टेबलटेनिस मोहन दास
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय