+

चिकित्सकले बिरामीको जिब्रो किन हेर्छन् ?

२०८० पुष  ३ गते १३:४८ २०८० पुष ३ गते १३:४८
चिकित्सकले बिरामीको जिब्रो किन हेर्छन् ?

जब हामी बिरामी भएर अस्पताल पुग्छौं चिकित्सकले ‘आँ गर्नुहोस् त’ भन्छन् । लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ ।

खासमा जिब्रो हेरेर स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसैले चिकित्सकले सुरुमै जिब्रो हेर्ने गर्छन् ।

जिब्रो पाँच ज्ञानेन्द्रियमध्ये एक हो । जिब्रोको काम शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्ट्याउने मात्र होइन, यसले स्वास्थ्य समस्याको बारेमा संकेत पनि दिन्छ । शरीरकको महत्वपूर्ण अंग जिब्रो बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको अघिल्लो भागमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने पछिल्लोमा अर्को स्नायुले । त्यसैले जिब्रोलाई सम्पूर्ण शरीरको संकेतक पनि भनिन्छ ।

जिब्रो हेरेर अनुमान गर्न सकिने रोगहरू

जन्डिस

जिब्रो र जिब्रोमुनिको दुईवटा नसाको छेउछाउको भाग पहेंलो भएको छ भने जन्डिसको समस्या छ भन्ने कुरा थाहा हुन्छ ।

रक्तअल्पता

सामान्यतया हाम्रो जिब्रोको रङ गुलाबी हुन्छ तर रगतको कमीले यसको रङ परिवर्तन भएर पहेंलो हुन्छ  । जिब्रोको रङ गुलाबी छैन भने केही संक्रमण हुन सक्छ । मुखमा घाउ हुनु र मुख सुख्खा हुनु आइरनको कमीको लक्षण हुन सक्छ ।

संक्रमण

जिब्रोको रङ परिवर्तन भएको छ वा जिब्रोमा लेदो जमेको जस्तो देखिन्छ भने विभिन्न प्रकारको संक्रमणको लक्षण हुन्छ ।

टन्सिल

बिरामीलाई आँ गर्न लगाएर जिब्रोसँगै टन्सिल ग्रन्थी पनि हेरिन्छ । यदि टन्सिल ग्रन्थी वरपर रातो छ भने टन्सिल छ भन्ने पत्ता लगाउन सकिन्छ ।

ग्यास्ट्रिक    

जिब्रो सेतो छ । सेतो लेउ जस्तो जमेको छ भने ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

चनक्रियामा पनि जिब्रोको भूमिका महत्वपूर्ण

जिब्रोले स्वाद पहिचान गर्छ र खानालाई राम्ररी चपाउन सजिलो बनाउन र्‍यासँग खानालाई मिसाउँछ । र्‍याल मिसिएर खाना नरम हुन्छ र निल्न पनि सजिलो हुन्छ । खानानली हुँदै त्यो खाना पेटमा पुग्छ र पेटले पनि त्यो खानालाई राम्ररी पचाएर पाचन तन्त्रको कामलाई सजिलो बनाइदिन्छ ।

एउटा स्वस्थ व्यक्तिको जिब्रोको रङ गुलाबी, सफा र पातलो हुने गर्छ । र, यस्तो जिब्रो स–साना टुसा (प्यापिलि)ले भरिएको हुन्छ ।

जिब्रोलाई स्वस्थ राख्न के के कुरामा ध्यान दिने ?

दाँतलाई सफा गर्ने बेला हामी जिब्रोलाई भने सफा गर्न बिर्सने गर्छौं । दाँत सफा गरेपछि दाँतमा भएका कीटाणु त बाहिर निस्किन्छन् । तर जिब्रो सफा गरिएन भने फोहोर तह बनाएर जिब्रोमा बस्छ र त्यहाँ विभिन्न कीटाणुहरू बढ्न थाल्छन् । जिब्रोको यी कीटाणुको कारणले सास गन्हाउने समस्या समेत हुन्छ । त्यसैले जिब्रोलाई नियमित सफा गर्नुपर्छ ।

जिब्रो सफा गर्न बजारमा ‘टङ्ग क्लिनर’ पाइन्छ । कतिपय ब्रसको पछाडिपट्टिको भागमा पनि ‘टङ्ग क्लिनर’ हुन्छ त्यसले जिब्रो सफा गर्न सकिन्छ ।

जिब्रोसँगै सम्पूर्ण शारीरिक स्वास्थ्यको लागि भिटामिन, मिनरल्स भएका खानेकुरा बढी खानु उचित हुन्छ । जिब्रोलाई स्वस्थ र सफा राख्न हरेकपटक खाना खाइसकेपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।

जिब्रोसँगै नङ र आँखा पनि हेरिन्छ

चिकित्सकले बिरामीको जिब्रोसँगै आँखा र नङ पनि हेर्ने गर्छन् । आँखाको सेतो भाग पहेंलो छ भने जन्डिसको शंका गरिन्छ । बिरामीको नङ पातलो छ भने रक्तअल्पताको । नङ फुलेको छ भने शरीरमा प्रोटिनको कमी । यसरी बिरामीलाई हरेर चिकित्सकले विभिन्न रोगको अनुमान गर्ने गर्छन् ।

चिकित्सक जिब्रो बिरामी
डा. विश्वराज दवाडी
लेखक
डा. विश्वराज दवाडी
फ्यामिली फिजिसियन

डा. दवाडी हाल काठमाडौं धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडीजीपी गरेका छन् । डा. दवाडीको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ४९९६ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?