+

अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

२०८० पुष  १८ गते १२:४५ २०८० पुष १८ गते १२:४५
Shares
अचानक ठूलो चोट लागेमा तुरुन्तै के गर्ने ?

कहिले लडेर हातखुट्टा वा शरीरमा ठूलो चोट लाग्न सक्छ । कहिले हातहतियारले काटेर चोट लाग्न सक्छ । कहिले दुर्घटनामा परेर चोट लाग्न सक्छ ।

ठूलो चोट लाग्नासाथ के गर्ने ? धेरै रगत बग्न नदिने उपाय के हुनसक्छ ? कसरी घाइतेलाई सहज र सुरक्षित राख्ने ?

अस्पताल लैजानुअघि केही प्राथमिक उपचार गर्न सकियो भने घाइतेलाई थप जोखिमबाट बचाउन सकिन्छ । चोटपटकका कारण हुनसक्ने सङ्क्रमणको क्षति न्यून गर्न सकिन्छ । भाँचिएको हात, पाखुरा, खुट्टामा बेलैमा काम्रो सहितको प्राथमिक उपचार गर्न सके क्षति एवं दुखाइलाई न्यून गर्न सकिन्छ । साथै, धेरै रगत बग्नबाट पनि रोक्न पनि सकिन्छ ।

के गर्ने, कसरी गर्ने ?

सबैभन्दा पहिले घाइते वा पीडितलाई सजिलोगरी सुताउनुपर्छ । शरीरमा लगाएको लुगा असहज भए फुकालिदिने र सकेसम्म चाँडै विशेष उपचारका लागि पठाउने (रेफर गर्ने ) पहल गर्नुपर्छ ।

घाउचोट वा बिरामीको अवस्थाको राम्रो मूल्यांकन गरी घाउचोटको सफाइ गर्ने, मलमपट्टी गर्ने, मर्केको वा भाँचिएको भएमा सावधानीपूर्वक काम्रो बाँधिदिन सके निकै राम्रो हुन्छ ।

अचेत मान्छेको नाडी छामेर चाल पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा कम चाल वा नाडीको चाल मधुरो भएमा वा हराएमा सीपीआर (कृत्रिम श्वासप्रश्वास)को प्रक्रियामा जानुपर्छ ।

रक्तस्राव रोक्न प्राथमिक उपचार

चोटपटकको कारण रक्तस्राव भएमा प्राथमिक उपचारको सहायताले नियन्त्रण गर्न सकिन्छ । हल्का रक्तस्राव सामान्यतया: आफैं बन्द हुन्छ । तर गम्भीर खालको रक्तस्राव भने रोक्नुपर्ने हुन्छ ।

रगत निकै बगेको अवस्थामा चोट लागेको अंगलाई शरीरको सतहभन्दा माथि पारेर राख्नुपर्छ । औंलाको चापले रक्तस्रावलाई बन्द गर्ने वा पट्टि लगाएर रक्तस्रावको बहाव कम गर्नुपर्छ । चोट लागेको ठाउँमा कपडाले बाँधेर पनि रक्तस्राव रोक्न सकिन्छ । घाउलाई कपडाले छोप्नुपर्छ ।

आगोले पोलेमा

आगो वा तातो झोल पदार्थले पोलेको घाउमा धाराको पानी (वा भाँडोमा संकलन गरेको पानीलाई धारो बनाएर) दुखाइ वा पोलाइ कम नभइन्जेल हालिराख्न पाए थप क्षति हुनबाट जोगाउन सकिन्छ ।

जनावरले टोकेमा

जनावरले टोकेमा र टोकेको ठाउँमा घाउ नै भएमा तुरुन्त साबुन पानीले धुने र अस्पताल लैजानुपर्छ । विभिन्न संक्रमण जस्तै रेबिज लगायत अन्य संक्रमणविरुद्धको खोप पनि स्वास्थ्यकर्मीको सल्लाहमा लगाउनुपर्छ ।

बिरामीलाई कसरी आराम गराउने ?

बिरामीलाई थप वा उपचारका लागि लैजानुभन्दा पहिलो सान्त्वना दिने, बिरामीको भावनाको कदर गर्दै उनीहरूका कुराहरू सुनिदिनुपर्छ । बिरामीको चाहनाअनुसार घरपरिवारलाई खबरहरू गरिदिने, हौसला प्रदान गर्न अनिवार्य छ ।

बिरामीको हातखुट्टा भाँच्चिएको छ भने त्यसलाई अनावश्यक रूपमा चलाइरहनु हुँदैन । घाइतेलाई सजिलो अवस्थामा राख्नुपर्छ । घाइतेलाई छिटोभन्दा छिटो यातायातको व्यवस्था गरेर अस्पताल वा स्वास्थ्य संस्थामा पुर्‍याउनुपर्छ ।

घाउचोट डा. मोनिका कार्की
डा. मोनिषा कार्की
लेखक
डा. मोनिषा कार्की
चिकित्सक

डा. कार्की भक्तपुरको सूर्यविनायक नगर अस्पतालकी अस्पताल संयोजक हुन् । उनले एमबीबीएस, पीजीएचसीएम, एमएचसीएम गरेकी छन् । उनको नेपाल मेडिकल काउन्सिल नम्बर ५६८२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

‘सबएराक्नोइड हेमरेज’ कसरी अचानक मृत्युको कारण बन्नसक्छ ?

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

युट्युबमा भनेअनुसार तौल घटाउन भन्दै ‘बोरेक्स’ खाँदा किशोरीको ज्यान गयो

नेपालको दैलोमा निपा भाइरस

नेपालको दैलोमा निपा भाइरस

कसरी हुन्छ क्यान्सर  ? रोकथामका लागि अपनाउनुपर्ने  १० उपाय

कसरी हुन्छ क्यान्सर ? रोकथामका लागि अपनाउनुपर्ने १० उपाय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

राजनीतिक दलका घोषणा पत्रमा समेटिनै पर्ने जनस्वास्थ्यका १२ विषय

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?

अनुहारमा आएका साना कोठी हटाउन सकिन्छ ?