+
+

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गरौं : रघुजी पन्त

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १२:५८

२२ पुस, काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक परिषदबाट प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने बताएका छन् ।

आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथिको दफावार छलफलमा उनले प्रधानन्यायाधीश र उपसभामुखलाई बिदा गर्नुपर्ने प्रस्ताव गरेका हुन ।

‘जसले नियुक्ति सिफारिस गर्‍यो उसका सम्बन्धमा मुद्दा पर्दा उसैले (संवैधानिक इजलासमा) मुद्दा हेर्ने र ठीक र बेठीक भनी फैसला गर्नुपर्ने भयो । यसकारण समस्या भएको अभ्यासमा देखियो । यसकारण संविधान संसोधन गरौं र संवैधानिक परिषदको सदस्यबाट प्रधानन्यायाधीशलाई बिदा गरौं’, समिति बैठकमा एमाले सांसद पन्तले भने ।

तत्कालीन अवस्थामा दलीय उपस्थितिलाई हेरेर परिषद सदस्यमा उपसभामुलाई पनि राखिएको उल्लेख गर्दै उनले भने, ‘अहिले महिला हुनुहुन्छ त्यसकारण मैले भनेको होइन । तर यो पदको व्यक्ति संवैधानिक परिषदमा अहिले आवश्यक छैन, यो पनि हटाऔं ।’

विधेयकमाथि पनि सांसद पन्तको संसोधन प्रस्ताव छ । बैठक बस्नका लागि अध्यक्ष र तत्काल बहाल रहेका सदस्यको बहुमत सदस्यलाई गणपूरक संख्या मान्नु पर्ने उनको प्रस्ताव छ । अध्यक्ष असहमत हुँदा समेत बहुमत सदस्य तयार भए बैठक बस्न र निर्णय गर्न सक्ने अवस्थालाई पनि कानुनमा ब्यवस्थित गर्नुपर्ने उनको राय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?