२७ पुस, पोखरा । मोफसलकै प्रतिष्ठित आहा रारा पोखरा गोल्ड कप फुटबलको २३ औं संस्करणमा अनलाइनखबरले अनलाइन लाइभ अपडेट गर्ने भएकोछ । आयोजक सहारा क्लब र अनलाइनखबरबीच यससम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा आयोजक सहारा क्लबका अध्यक्ष केशव बराल, अनलाइनखबरका तर्फबाट कार्यकारी निर्देशक सुरेश भुसाल र गण्डकी ब्युरो प्रमुख अमृत सुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने २३ औं आहारारा पोखरा गोल्डकपअवधिभर अनलाइनखबरले अनलाइन अपडेट गर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै आयोजक सहारा क्लबका अध्यक्ष बरालले अनलाइनखबरसँगको सहकार्यले आहारारालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
‘आहारारा निरन्तर भइरहेको देशकै प्रतिष्ठित प्रतियोगिता हो । देशमा थुप्रै यस्ता प्रतियोगिताहरु सुरु हुने बन्द हुने भइरहे’, उनले भने, ‘तर, कहिल्यै पनि रोकिन दिएनौं । र आज यो ठाउँमा आइपुगेका छौं ।’
आहारारा पोखरा गोल्डकपको २३ औं संस्करणमा भुटानको लिग विजेता टिम पारो र भारतको दिल्ली एफसीसहित ८ वटा ए डिभिजन, एउटा मोफसल र आयोजक गरी १२ टिम सहभागी हुँदैछन् ।
अघिल्लो संस्करण संकटा क्लबले जितेको थियो भने आमन्त्रित विदेशी टिम भुट्निज युथ स्पोर्टस् क्लब, मिनोसोटा अमेरिका उपविजेता बनेको थियो ।
प्रतिक्रिया 4