+
+

अन्तर्राष्ट्रिय स्क्राबल भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते २०:३५

३ माघ, काठमाडौं । स्क्राबल क्लबको आयोजना तथा ब्राइट फ्युचर माविको सह-आयोजनामा चौथो अन्तर्राष्ट्रिय स्क्राबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ ।

प्रतिस्पर्धा शुक्रबारदेखि सुरु हुने भएपनि औपचारिक उद्घाटन भने बिहीबार हुने ब्राइट फ्युचरका निर्देशक मोहनकुमार कार्कीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अमेरिकाबाट ३८ खेलाडीको सहभागिता रहने स्क्राबल क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जानकारी दिए ।

अमेरिकाका खेलाडीले शिक्षकलगायतको सहभागिता रहने साइड इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् भने बाँकीले मुख्य प्रतियोगितामा खेल्ने छन् ।

यु–१६ उमेरसमूहको मुख्य प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापाले स्क्राबलले मानिसको चिन्तन क्षमता अभिबृद्धि गराउन मद्दत पुग्ने धारणा व्यक्त गरे ।

प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख ७० हजार रुपैयाँ खर्च हुने बताइएको छ । १५ चरणसम्म चल्ने प्रतियोगिताका खेलहरु नैकापस्थित ब्राइट फ्युचरमै हुनेछ । स्क्राबल कोठे पदको परिस्कृत रुप भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?