+
+

क्रिकेट विकासका लागि ग्रासरुटमा प्राथमिकता दिनुपर्छ : पारस खड्का

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ६ गते १८:०५

६ माघ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्वकप्तानसमेत रहेका पारसले क्रिकेट विकासका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

क्यानले क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको भन्दै उनले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्ने विश्वास व्यक्त गरे ।

नेपालले थोरै लगानीबाट पनि क्रिकेटमा धेरै सफलता पाएको भन्दै उनले विश्वभर बस्ने मानिसलाई खेलसँग जोड्न आवश्यक रहेको औंल्याए ।

अर्का पूर्वकप्तान तथा क्यानका क्रिकेट म्यानेजर विनोद दासले अहिलेसम्म नेपालसँग राम्रो अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान नरहनु दुःखद् पक्ष रहेको बताए ।

सो कार्यक्रममा एनआरएनएले ट्वान्टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट खेलाडीहरुको सहयोगको लागि क्यानलाई १० लाख रुपैयाँ सहयोग पनि गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष रोजिना थापा राईलगायत पदाधिकारीले ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा छनोट भएकोमा बधाई दिँदै क्यानका पदाधिकारीलाई सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?