
८ माघ, काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका-९ रिहार नजिक यात्रु बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको बस आइतबार राति ११ बजे दुर्घटना हुँदा बर्दियाको गेरुवा गाउँपालिका-१ का भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उक्त बस बर्दियाबाट काठमाडौं आउँदै थियो । बस दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले पट्टा भाँचिएर बस दुर्घटना भएको अनुमान गरिएको जनाएको छ ।
गत पुस २७ गते नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बस दाङको राप्ती गाउँपालिका-१ भालुबाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4