+
+

मछिन्द्रलाई स्तब्ध पार्दै जावलाखेल आहारारा गोल्डकपको क्वार्टरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ११ गते १६:४५

११ माघ, काठमाडौं । राष्ट्रिय खेलाडीको वर्चश्वसहित मैदान उत्रिएको मछिन्द्र क्लबलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनल प्रवेश गरेको छ ।

एक दशकपछि आहारारामा फर्किएको जावलाखेलले पोखरा रंगशालामा भएको खेलमा मछिन्द्रलाई १–० ले पराजित गरेको हो । क्वार्टरफाइनलमा अब जावलाखेलले सोमबार मनाङ मर्स्याङ्दी क्लबसँग खेल्ने छ ।

केही समयअघि राष्ट्रिय टोलीबाट सन्यास घोषणा गरेका विशाल श्रेष्ठले मछिन्द्रको कप्तानी सम्हालेका थिए ।

गोल रक्षकसँगै मछिन्द्रको कप्तानी सम्हालेका श्रेष्ठले ३८ औं मिनेटमा गरेको गल्तीले नै टिम पराजित हुन पुग्यो ।

उनी अगाडि बढेको अवस्थामा जावलाखेलका हिसुब थपलियाले बललाई खाली पोस्टमा आरामले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यही अग्रतालाई कायम गर्दै अन्ततः जावलाखेल २३ औं आहारारा पोखरा गोल्डकपको अन्तिम ८ मा प्रवेश भएको गरेको हो । खेलको दोस्रो हाफमा मछिन्द्रले आफूलाई सम्हाल्दै आक्रामक खेलेको थियो ।

दोस्रो हाफको अधिकांश समय जावलाखेललाई दबाबमा राखे पनि गोल गर्न नसक्दा मछिन्द्र नजिता उल्ट्याउन भने असफल रह्यो ।

खेलको ४८ औं मिनेटमा मछिन्द्रले पेनाल्टी बक्स नजिकै फ्रिकिक पाएको थियो । विमल घर्तीमगरले प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्किएपछि मछिन्द्रले खेललाई बराबरीमा ल्याउने सुन्दर मौकासमेत गुमाएको थियो ।

आहाराराको २३ औं संस्करणसम्म आइपुग्दा यो मछिन्द्रको छैटौं र जावलाखेल युथ क्लबको चौथो सहभागिता थियो । तर, कुनै पनि संस्करणमा दुवै टिम सँगै भिडेका थिएनन् ।

अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमै चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ ले पराजित हुँदै बाहिरिएको थियो ।

२०६८ मा भएको दशौं आहारारा गोल्डकपमा पहिलो पटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा मनाङमर्स्याङ्दी क्लबसँग २–० अन्तरले पराजित हुँदै इतिहास कायम गर्न चुक्यो । ११ औं आहारारा गोल्डकपमा पनि जावलाखेल सेमिफाइनलसम्म पुगेको थियो । उक्त संस्करणको सेमिफाइनलमा थ्रीस्टारसँग २–१ ले पराजित भएको थियो ।

१२ औं संस्करण पनि सहभागी भएको जावलाखेल प्रिक्वार्टरमै संकटा क्लबसँग १–० ले पराजित हुँदै बाहिरिएपछि भने आहारारा गोल्डकपमा सहभागी हुन छोडेको थियो । अब प्रिक्वार्टरफाइनल चौथो खेल भोलि विभागीय टिम एपीएफ र नेपाल पुलिसबीच हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?