+
+

नेपालोनाले जित्यो लगातार दोस्रो पटक एनआरएन कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १९:४५

बार्सिलोना। नेपालोनाले लगातार दोस्रो पटक एनआरएनए कपको उपाधि जितेको छ। आइतबार बार्सिलोना सम्पन्न प्रतियोगिताको फाइनलमा ‘बी टाउन एफसी’ लाई ९-४ गोलको सानदार जित निकाल्दै नेपालोना च्याम्पियन बनेको हो।नेपालोनालाई च्याम्पियन बनाउन फाईनल खेलमा शैलेश खरेलले ह्याट्रिक गरे। सागर क्षेत्री र रोशन केसीले दुई-दुई गोल र समिर अधिकारीले एक गोलको योगदान दिए।

नेपालोनाले जितसँगै ८०१ युरो नगद,ट्रफ्री र मेडल जितेको छ । उपविजेता बनेको बी टाउन एफसीले पनि ४५१ युरो नगद ट्रफ्री र मेडल प्राप्त गरेको छ। एनआरएनए स्पेनले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा यसपटक ८ टिम सहभागी  थिए।

नेपालोना,टीम कोस्टाब्लाङ्का,तमु समाज,बी टाउन एफसी,बागलुङ् समाज,रोयल राइडर,प्रवासी नेपाली मञ्च र एनआरएन स्पेनबीच प्रतिस्पर्धा भएको थियो। सेमिफाइनलमा नेपालोनाले कोस्टाब्लाङ्लाई र बी टाउनले रोयल राइडरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ताको उपाधि नेपालोनाका शैलेश खरेलले जितेका छन्।

उत्कृष्ट गोलकिपरमा नेपालोनाका जेनिश घिमिरे र फेयर प्ले अवार्ड ‘बी टाउन एफसी’ का सिजन शाहीले जितेका छन्। विजेता टीम नेपालोनाको मुख्य प्रशिक्षकमा सुरेश शर्मा र सहायक प्रशिक्षकमा निर्मल रानाभाट रहेका थिए।

जीवन मगरको कप्तानीमा उत्रिएको नेपालोना टीममा जेनिश घिमिरे,रोशन केसी,सुजल भण्डारी,सुदिप सुवेदी,शैलेश खरेल,रिक्को मल्ल,सागर क्षेत्री,समीर अधिकारी र साङ्गे शेर्पाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?