+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुन समितिले गर्‍यो सीआईबीका प्रमुख र अनुसन्धान अधिकृतसँग सोधपुछ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १४:२०
सीआईबीकी निर्देशक किरण बज्राचार्य ।

१७ माघ, काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यसँग सोधपुछ गरेको छ ।

६१ किलो सुन तस्करी प्रकरणमा मुछिएका एक आरोपी प्रहरी कार्यालयमा पुगेर पनि छुटेको सन्दर्भमा उनीसँग सोधपुछ गरेको सुन समितिका एक सदस्यले बताए । त्यसक्रममा बज्राचार्यले ‘त्यो विषयमा’ आफूलाई थाहा नभएको जवाफ दिएको समितिका सदस्यले बताए ।

समितिले सुन प्रकरणको अनुसन्धान अधिकृत डीएसपी दुर्गाराज दाहालसँग पनि सोधपुछ गरेको छ । ‘भेपमा लुकाएर तस्करी भएको ९ किलो सुनको सन्दर्भमा रहेर उनीसँग कुरा भएको हो’, समितिका एक सदस्यले भने, ‘पछिल्लो सुन प्रकरणबारे पनि कुरा भएको छ ।’

एआईजी बज्राचार्यले भने सुन तस्करीको अनुसन्धानका क्रममा देखा पर्ने कतिपय प्राविधिक समस्याहरुबारे समितिसँग छलफल गरेको बताइन् ।

‘विदेशमा भएका आरोपीलाई ल्याउन पर्ने कठिनाइदेखि लिएर हङकङबाट अपराधको सूचना ल्याउन भएको समस्या लगायतका कानूनी जतिलताबारे कुरा भयो’, उनले भनिन्, ‘अनुसन्धानको सिलसिलामा अदालतमा अनुमति लिएर मात्र कल डिटेल लगायतका विषय लिनुपर्ने कुराले पर्ने समस्या लगायतबारे पनि कुरा गर्‍यौं ।’

सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।

समिति स्रोतका अनुसार, केहीअघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको छ । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो ।

अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?