+
+

एपीएफले सडन डेथमा जित्यो शहीद स्मृति गोल्ड कपको उपाधि

नवीन तिमल्सिना नवीन तिमल्सिना
२०८० माघ २७ गते २०:३५

२७ माघ, हेटौंडा । हेटौंडामा भएको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।

पाँचौं संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको एपीएफले शनिबार गौरीटार रंगशालामा भएको फाइनलमा न्यूरोड टिमलाई सडन डेथमा हराउँदै छैटौं संस्करणको उपाधि जित्दै १५ लाख रुपैयाँ हात पारेको हो ।

यो प्रतियोगितामा आयोजकले पहिले एपीएफ क्लबलाई निमन्त्रण नै गरेको थिएन । आयोजकले साविक विजेता मनाङ मस्र्याङ्दी क्लब नआउने भएपछि एपीएफलाई सहभागी गराएको थियो ।
उपबिजेता एनआरटी पनि संकटा क्लब सहभागी नभएपछि पछि मात्र सहभागी भएको हो । एनआरटीले उपविजेता हुँदै १० लाख जितेको छ । एपीएफ र एनआरटीले निर्धारित समयमा गोररहित बराबरी खेलेका थिए । ट्राइब्रेकरमा पनि ३–३ बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो ।

सडनडेथमा एपीएफका लागि फोडे फोफोनाले निर्णायक गोल गरे । एनआरटीका लागि मोहित गुरुङले गोल गरे पनि रन्दीप पौडेलको प्रहार एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । सडनडेथमा एपीएफको पहिलो गोल मणिकुमार लामाले र निर्णायक गोल फोफोनाले गरेका हुन् । फाइनल खेलको म्यान अफ दी म्याच एपीएफका गोलरक्षक एञ्जल श्रेष्ठ भएका छन् । उनले १० हजार रुपैयाँ पाए ।

गोल्डकपको सर्वोत्कृष्ट खेलाडी एपीएफका अनिष महर्जन भए । उनले ‘रोयल इन्फिल्ड’ मोटरसाइकल हात पारे । उत्कृष्ट गोलरक्षक एपीएफकै श्रेष्ठ, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर एनआरटीका जय गुरुङ, फर्वाड एनआरटीकै जोन ग्लोरी र प्रशिक्षक एपीएफका सुमन श्रेष्ठ भए । उनीहरुले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विजेता, उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिन् । २०६२÷६३ को जनआन्दोलनका शहीदहरुको स्मृतिमा २०६४ मा आयोजित गोल्डकपको पहिलो संस्करणको उपाधि थ्रीस्टार क्लबले जितेको थियो । त्यसपछि १३ वर्षसम्म प्रतियोगिता हुन सकेन ।

२०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । २०७७ सालमा भएको तेस्रो संस्करण र त्यसपछिको चौथो संस्करणको उपाधि आर्मीले जितेको थियो । पाँचौं संस्करणको उपाधि मनाङ मर्याङ्दीले जितेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नवीन तिमल्सिना

तिमल्सिना अनलाइनखबरका मकवानपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?