+

नासिर र गौरिकाद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार

२०८० फागुन  १ गते ११:५५ २०८० फागुन १ गते ११:५५
नासिर र गौरिकाद्वारा आफ्नै राष्ट्रिय कीर्तिमान सुधार

काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भंग गरेका छन् ।

नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनेट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

यस्तै आइतबारै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भंग गर्दै १ मिनेट ५.४७ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा राखेको १ मिनेट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी छन् ।

गौरिका सिंह नासिर याहा हुसेन विश्व एक्वाटिक्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय