+
+

साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ६ गते १४:११

६ असोज, काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् ।

उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे ।

नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले १० ‌ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ४५ रन मात्र बनाएको छ।

३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराएका थिए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।

त्यस्तै प्रतिश जिसीले २.३ ‌ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।

यसअघि मूलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?