+
+

अन्तर्राष्ट्रिय फुटबलमा सावित्राको ५० गोल पूरा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० फागुन १० गते २३:०८

१० फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरेकी छन् ।

साउदी अरेबियामा जारी वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत विहीबार इराक विरुद्धको खेलमा ५ गोल गर्दै सावित्राले उक्त कोशेढुंगा पूरा गरेकी हुन् ।

इराक विरुद्ध ५-० को जितमा सावित्राले पाँचै गोल गरिन् । यसअघि वाफ च्याम्पियनसिपको पहिलो खेलमा उनले सिरिया विरुद्ध ४-१ को जितमा १ गोल मात्र गरेकी थिइन् ।

दुई खेलमा ६ गोल गरेपछि उनी अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल नेपाली खेलाडीको रुपमा इतिहास रचिन् ।

गोल मेसिनको उपनामले परिचित साम्बाले सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा डेब्यु गोल गरेकी थिइन् । उनको ५०औं गोल इराक विरुद्ध रह्यो ।

सावित्राले साफ च्याम्पियनसिपसँगै, दक्षिण एसियाली खेलुकद साग, ओलम्पिक छनोट प्रतियोगिता, हिरो वुमन्स गोल्डकप, नादेज्दा गोल्डकप र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोल गरेकी छन् ।

उनले चार पटक साफ च्याम्पियनसिप खेल्दा १९ गोल गरेकी छन् । यस्तै दुई दक्षिण एसियाली खेलकुद (साग) खेल्दा ५ गोल गरेकी छन् ।

ओलम्पिक छनोट दुई पटक खेल्दा साम्बाले ४ गोल गरेकी छन् । यसैगरी २०१९ मा भारतमा भएको हिरो गोल्डकपमा ४ गोल गरेकी उनले सोही वर्ष कीर्गिस्तानमा भएको नादेज्ददा गोल्डकपमा ७ गोल गरिन् ।

यस बाहेक उनले मैत्रीपूर्ण खेलमा ५ गोल गरेकी छन् । जसमा मलेसियाविरुद्ध २, भारत विरुद्ध २ र बंगलादेश विरुद्ध १ गोल छ ।

साम्बाले सबैभन्दा धेरै भुटान विरुद्ध १० गोल गरेकी छन् । त्यसपछि माल्दिभ्स विरुद्ध ७ गोल गरेकी छन् ।

इराक विरुद्धको ह्याट्रिक साम्बाको करियरको पाँचौ ह्याट्रिक हो । यसअघि उनले माल्दिभ्स विरुद्ध दुई पटक तथा भुटान र कीर्गिस्तान विरुद्ध समान एक पटक ह्याट्रिक गरेकी छन् ।

उनले सन् २०१६ मा भारतमा भएको साफ वुमन्स च्याम्पियन्सिपमा पहिलो ह्याट्रिक गर्दा नै भुटान विरुद्ध एकै खेलमा ६ गोल अर्थात डबल ह्याट्रिक गरेकी थिइन् । त्यही साफमा उनले माल्दिभ्स विरुद्ध ह्याट्रिकसहित ५ गोल गरेकी थिइन् ।

यस्तै २०१९ मा कीर्गिस्तान विरुद्ध उसैको मैदानमा भएको नादेज्दा कपमा ह्याट्रिक गरेकी थिइन् । सोही वर्ष पोखरामा भएको १३औं सागमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेकी थिइन् ।

सावित्राले गरेका अन्तर्राष्ट्रिय गोलहरु

१) साफ च्याम्पियनसिप, इस्लामावाद २०१४ : १ गोल

२) दक्षिण एसियाली खेलकुद, भारत २०१६ : २ गोल

३) साफ च्याम्पियनसिप, भारत २०१६ : १२ गोल

४) ओलम्पिक छनोट पहिलो चरण २०१८ : १ गोल

५) हिरो गोल्डकप २०१९, भारत : ४ गोल

६) साफ च्याम्पियनसिप २०१९, विराटनगर : ४ गोल

७) ओलम्पिक छनोट, दोस्रा चरण : २ गोल

८) नादेझ्दा कप २०१९, कीर्गिस्तान : ७ गोल

९) मैत्रीपूर्ण खेल २०१६ र २०१७ नेपाल र मलेसिया : २ गोल

१०) दक्षिण एसियाली खेलकुद २०१९, पोखरा : ३  गोल

११) साफ च्याम्पियनसिप २०२२, काठमाडौं : २ गोल

१२) मैत्रीपूर्ण खेल २०२३ : ३ गोल

१३) ओलम्पिक छनोट २०२३, काठमाडौं : १ गोल

१४) वाफ च्याम्पियनसिप, साउदी अरेबिया : ६ गोल

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?