 
																			१४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले मिटरब्याज ठगी र घरायसी लेनदेनलाई अलग अलग व्यवहार गर्नुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मिटरब्याज ठगी र घरासयी लेनदेनलाई एकै खालको व्यवहार गरेमा समस्या समाधान नहुने बताए ।
‘फेरि पनि २३ दिनभन्दा बढी कष्टकर पैदल यात्रा गरेर न्यायको याचना गर्न आएका पीडित जनतालाई वार्ताको नाममा समस्यालाई गिजोल्नुको सट्टा धनौस्थलमा नै आ–आफ्ना व्यक्तिगत समस्यालाई उजुरीको रूपमा दर्ता गर्ने प्रक्रियाको अबिलम्ब व्यवस्था गरेर कारबाहीको प्रक्रिया अगाडि बढाई मिटरब्याज ठगी र व्यक्तिगत घरसारको समस्यालाई छुट्याएर न्याय पाउने सुनिश्चितता गरी पीडितलाई स–सम्मान घर फर्किने वातावरण बनाइयोस्’ उनले भने ।
अभाव र गरिबीले पिल्सिएका जनतालाई राज्यले सहज वित्तीय पहुँच सिर्जना गर्न नसक्दा पनि समस्या भएको उनको बुझाइ छ । व्यक्तिगत घरसारको कारोबारमा समयानुकूल ब्याजदर परिमार्जन गर्ने कानुन बनाउन सरकारलाई उनको सुझाव छ ।
देशैभरिका मिटरब्याज पीडितले सहज उजुरी दिनसक्ने व्यवस्था मिलाउनुपर्ने, एकै व्यक्ति विरुद्ध बहुसंख्यक उजुरी परेमा सम्पत्ति शुद्धीकरणको कारबाही चलाउनुपर्ने उनको माग छ । त्यस्तै मेलमिलाप गराउन प्रमुख जिल्ला अधिकारीलाई अधिकार मात्र होइन, स्रोत साधन र दक्ष जनशक्ति पनि दिनुपर्ने सांसद पराजुलीले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4