+

टिटानसको खोप किन लगाउनुपर्छ ?

२०८० फागुन  १५ गते १७:५९ २०८० फागुन १५ गते १७:५९
Shares
टिटानसको खोप किन लगाउनुपर्छ ?

कुनै कारणवश चोट लाग्दा, जनावरले टोक्दा वा कुनै धारिलो हतियारले काटेमा टिटानसको खोप लगाउने सल्लाह दिइन्छ । अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ भनिन्छ ।

टिटानस जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि हुनसक्छ । खासगरी बच्चा र वयस्कमा यो बढी देखिन्छ । बच्चाहरू खेल खेल्दा धेरै घाउ चोट लाग्ने हुँदा त्यसैमार्फत ‘क्लोस्ट्रिडियम टिटानी ब्याक्टेरिया’ शरीरभित्र प्रवेश गर्ने हुन्छ । वयस्कहरू कामकाजमा बढी सक्रिय हुने क्रममा घाउ चोट लाग्न सक्छ । त्यसैले यो उमेर समूहलाई टिटानस हुने सम्भावना बढी हुन्छ ।

कुकुरले टोक्दा धेरैले टिटानसको खोप लगाउँछन्, किन ?

मानिस, जनावर, पशु चौपायाको गोबर, फोहोर र धुलोमा क्लोस्ट्रिडियम टिटानी नामको जीवाणु हुन्छ । कुकुरले टोक्दा चोट लागेमा त्यसमा पनि विभिन्न माध्यमबाट क्लोस्ट्रिडियम टिटानी शरीरमा पुग्ने भएकाले कुकुरले टोक्दा टिटानसको खोप लगाउनुपर्छ ।

यसले के काम गर्छ ?

टिटानसको एन्टिटक्सिन खोपले शरीरभित्र ब्याक्टेरियाले पैदा गरेको विषादलाई निष्फल बनाउन र मांसपेशीको कडापन र पीडा हटाउनु मद्दत गर्छ ।

टिटानस के हो ? यो कसरी सर्छ ?

टिटानस ब्याक्टेरियाको संक्रमणका कारण हुने एक गम्भीर समस्या हो । यो रोग क्लास्ट्रीडियम टिटानी नामक ब्याक्टेरियाको संक्रमणका कारण हुने गर्छ । यस्ता ब्याक्टेरिया विशेषगरी धुलो, माटो र पशु मलमा पाइन्छ ।

जब यो ब्याक्टेरिया कुनै घाउमा प्रवेश गर्छ, तब शरीरमा टेटनोस्पास्मिन नामक विष पैदा हुन्छ । यो विषाक्त बिस्तारै शरीरमा फैलिएर शरीरको तन्त्रिका (मोटर न्युरोन, जसले मांसपेशीलाई नियन्त्रण गर्छ)लाई असर गरी शरीर अड्किने, जकडिने जस्ता गम्भीर समस्या निम्त्याउने गर्छ, जुन टिटानसको प्रमुख लक्षण हो । समयमै टिटानस विरुद्धको खोप नलगाएमा मानिसको मृत्यु समेत हुनसक्छ ।

खिया लागेको धारिलो फलाम वा धातुले काट्दा टिटानसको खोप लगाउनैपर्छ ?

चोट लाग्दा होस्, वा कुनै धारिलो हतियारले काटेमा, अझ खिया लागेको हतियारले चोट लागेमा टिटानसको खोप लगाउनैपर्छ । किनकि टिटानसको सुईले घाउमा संक्रमण हुन दिंदैन ।

यो कहाँ लगाउने ? कहाँ कहाँ उपलब्ध हुन्छ ?

टिटानसको खोप अस्पताल, स्वास्थ्य चौकी र सामान्य औषधि पसलमा पनि उपलब्ध हुन्छ । त्यसैले केही कारण चोटपटक लागेमा नजिकैको औषधि पसलमै गएर पनि यो खोप लगाउन सकिन्छ ।

कति पटक लगाउनुपर्छ ?

टिटानसबाट बच्न बच्चालाई सानो छँदा दिनुपर्ने सम्पूर्ण खोपमा टिटानस खोप पनि लगाउनुपर्छ । साथै हरेक १० वर्षमा टिटानसको थप बुस्टर खोप लगाउने, गर्भवती महिलाले पनि टिटानसको खोप लगाएमा यी रोग लाग्न सम्भावना न्यून हुन्छ । कुनै किला वा खिया लागेका धारिलो वस्तुले चोट लागेमा पनि खोप लगाउनुपर्छ ।

कति पर्छ खोपको मल्य ?

टिटानस खोप सामान्यतया औषधि पसलमा ५० देखि ६० रुपैयाँमा लगाउन सकिन्छ ।

खोप टिटानस डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन
लेखक
डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३४७७ एमडी, पीएचडी, संक्रामकरोग विज्ञ सरुवारोगमा दुई दशकभन्दा बढीको अनुभव, हाल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

डा.अरुण शाहीले पाए ‘एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस’ अवार्ड

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

वर्तमान संकटले उब्जाएको मनोसामाजिक असरलाई कसरी कम गर्ने ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

मधुमेहका कारण पिसाबमा रगत आउँछ ?

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

देश बिरामी भएका बेला स्वास्थ्य मन्त्री को ? चर्चित होइन राम्रो रोजौं

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

पोस्टमार्टमबाट आन्दोलनमा मृत्यु भएकाको कसरी पहिचान हुन्छ ?

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ

हाम्रा केही बानी, जसलाई सुधार्न सके स्वास्थ्य राम्रो बनाउन सकिन्छ