+

माउथ फ्रेसनरले मुखको गन्ध हटाउँछ ?

२०८० फागुन  १८ गते १२:११ २०८० फागुन १८ गते १२:११
Shares
माउथ फ्रेसनरले मुखको गन्ध हटाउँछ ?

सास गन्हाउने समस्याले धेरैलाई दु:ख दिइरहेको हुन्छ । मुखको दुर्गन्धका कारण दाँत तथा मुख मात्र गन्हाउने होइन, शरीरको अन्य समस्याले पनि मुखबाट दुर्गन्ध आउने हुन्छ ।

मुखबाट दुर्गन्धित सास आउनुले मानिसलाई निकै लाजमर्दो पनि बनाउँछ । सास गन्हाउने समस्या हटाउनका लागि धेरैले माउथवासको सहारा लिएको पाइन्छ ।

माउथवासले तत्कालीन रूपमा मुखको दुर्गन्ध त हटाउँछ । तर यसलाई लामो समय प्रयोग गर्न भने मिल्दैन । माउथवासमा ‘एन्टिब्याक्टेरियल प्रोपटी’ हुन्छ । त्यसले मुखमा भएको चाहिने जीवाणुलाई पनि मारिदिन्छ र मुखमा फंगल इन्फेक्सन हुने, घाउ आउने जस्ता समस्या निम्तिन सक्छ । त्यसैले माउथ फ्रेसनरलाई दैनिक प्रयोग गर्नु राम्रो हुँदैन ।

मुखबाट दुर्गन्ध आउनुको कारण पत्ता लगाउनुपर्छ

मुखबाट दुर्गन्ध आउनुको मुख्य कारण कारण दाँतको बीचमा अड्किएर बस्ने ब्याक्टेरिया हो । यदि सास गन्हाउने समस्यालाई समयमै ध्यान दिएन भने यो बढ्न सक्छ ।

दाँतको बीचमा जम्मा भएर बसेको फोहोर, जिब्रोको सरसफाइ राम्ररी नगर्दा र गिजाको समस्या आदिमा पनि मुखबाट दुर्गन्ध, ग्यास्ट्रिक तथा पेटको समस्या आउँछ । त्यसबाहेक साइनसको समस्या, फोक्सोको संक्रमण, कलेजोको संक्रमण, ग्यास्ट्रिक तथा पेटको समस्या र मधुमेहको समस्या आदिमा पनि मुखबाट दुर्गन्ध आउँछ ।

मुखको दुर्गन्धबाट छुटकारा पाउने उपाय

कसैमा मुखको दुर्गन्ध अत्यधिक छ भने त्यो दुर्गन्ध कम गर्न माउथ फ्रेसर, माउथ वास प्रयोग गर्न सकिन्छ । तर यो समस्याको समाधान भने होइन । दाँतलाई राम्ररी सफा गरिसकेपछि मात्र माउथ वासको प्रयोग गर्ने हो । मुखको दुर्गन्ध विभिन्न कारण हुने हुँदा कारण पत्ता लगाएर उपचार गर्नुपर्छ । उपचार गरिएन माउथ फ्रेसरले कुल्ला मात्र गरियो भने समस्या समाधान हुँदैन समस्या दोहोरिन सक्छ तथा बढ्न पनि सक्छ ।

ब्रस र फ्लस उपयुक्त ढंगले गर्नुपर्छ । दाँत माझ्दा नरम ब्रस र फ्लोराइडयुक्त मञ्जनको प्रयोग गर्दा उत्तम हुन्छ । केही खानेकुरा खानेबित्तिकै पानीले मुख कुल्ला गर्नुपर्छ । यसो गर्नाले दाँतमा फोहोर जम्न पाउँदैन ।

जिब्रोलाई सफा राख्ने गर्नुपर्छ । किनभने यसले तपाईंको सासलाई मात्र ताजा नराखेर, यसले दाँतलाई असर गर्ने ब्याक्टेरिया पैदा हुनबाट पनि रोक्छ ।

बिस्कुट, चकलेट, टाँसिने खालका पदार्थले दाँतलाई असर गर्छ । त्यसैले यस्तो पदार्थ सेवनपछि तुरुन्त मुख कुल्ला गर्ने गर्नुपर्छ । प्राकृतिक खानेकुरा, हरियो सागपात, रेसायुक्त खानेकुराले दाँत र हड्डीलाई बलियो राख्छ । सन्तुलित आहारमा हामीले प्रोटिन, मिनरल, भिटामिन आदिलाई विशेष जोड दिनुपर्छ ।

दाँतको गिजाबाट रगत आउने वा गिजासम्बन्धी रोग छ भने मनतातो पानीमा नुन राखेर बिहान बेलुका सफा गर्दा पनि कम हुन्छ । सही ढंगले नियमित ब्रस गरेर मात्र दाँतलाई सफा गर्न सक्दैनौं, किनभने फोहोरहरू जमेर दाँतको र गिजाको भागमा ढुंगा जस्तो दन्त लेउ बन्छ । त्यसलाई निकाल्न दन्त चिकित्सककहाँ गएर दाँतलाई सफा गर्नुपर्छ ।

दुर्गन्ध माउथ फ्रेसनर सास गन्हाउने
डा. सुवास घिमिरे
लेखक
डा. सुवास घिमिरे
ओरल म्याक्जिलोफेसियल सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ७२२८ बीडीएस, एमडीएस ओम समाज डेन्टल अस्पतालका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

मस्तिष्क मृत्यु के हो ? ‘कोमा’ भन्दा के फरक छ ?

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

रक्तनली सम्बन्धी समस्या र समाधानको उपाय (भिडियो)

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?

गर्भाधानका लागि के कस्तो स्वास्थ्य परीक्षण गर्ने ?