
१८ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषदको ऐन संशोधन गर्न लागेको छ ।
‘राष्ट्रिय सुरक्षा परिषदको ऐन समय सापेक्ष बनाउने गरी सदनमा संशोधन विधेयक ल्याउने तयारीमा छौं’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने ।
उनलाई सांसदहरुले राष्ट्रिय सुरक्षा परिषदको कामकारबाहीका विषयमा प्रश्न गरेका थिए ।
जवाफमा उनले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी राष्ट्रिय सुरक्षा परिषदको ऐन संशोधन गर्न लागिएको जानकारी गराएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4