+
+

नेपालले हङकङमा फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १६:४५

१९ फागुन, काठमाडौं । नेपालले अर्को साता हङकङमा गएर फ्रेन्डसीप कप र टी-२० आई त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।

नेपाल र हङकङबीच फागुन २६ (९ मार्च) मा फ्रेन्डसीप कपको खेल हुनेछ । दुई देशबीचको सम्बन्धको कारण उक्त टी-२० आई खेल हुने हङकङ क्रिकेट बोर्डले जनाएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । यसअघि नेपाल, ओमान, युएई र हङकङबीच चार देश सम्मिलित टी-२० आई सिरिज हुने भनेपनि नहुने भएको छ ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ (१० मार्च) मा नेपाल र हङकङबीच खेल हुनेछ । फागुन २९ (१२ मार्च) मा नेपालले पवुवा न्युगिनीसँग खेल्नेछ । दोस्रो खेलमा सोहि दिन हङकङ र पपुवा न्युगिनीबीच दोस्रो खेल हुनेछ ।

फागुन ३० मा त्रिकोणात्मक सिरिजको फाइनलमा पुग्ने दुई टोलीबीच प्रतिस्पर्धा हुनेछ । फाइनलमा नपुग्ने टोलीले हङकङ ए सँग खेल्ने तालिका हुनेछ ।

नेपाली क्रिकेट टोली आगामी जुनमा वेस्टइन्डिज र अमेरिकामा हुने टी-२० विश्वकप अघि व्यस्त छ । घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र नामिवियाबीच त्रिकोणात्मक टी-२० आई सिरिज चलेको छ । नेपालले मंगलबार फाइनलमा नेदरल्यान्ड्स र नामिबियामध्ये एक टोलीसँग खेल्नेछ ।

त्यसलगत्तै नेपाल हङकङ जानेछ । हङकङबाट फर्केपछि घरेलु मैदानमा आयरल्यान्ड ए सँग पाँच खेलको टी-२० सिरिज खेल्ने तालिका छ ।

त्यसपछि नेपाल भारतमा बरोडा र गुजरातसँग टी-२० त्रिकोणात्मक सिरिज खेल्न जानेछ । सिरिज सकेलगत्तै एसीसी प्रिमियर कप खेल्न ओमान जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?