+
+

संसद बैठक के गर्ने भनेर सभामुख परामर्शमा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ११:०२

२१ फागुन, काठमाडौं । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक के गर्ने भन्ने बारेमा सभामुख देवराज घिमिरे आन्तरिक परामर्शमा छन् ।

आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक के गर्ने भन्ने विषयमा सभामुखले छलफल गरिरहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेकाले संसद बैठक प्रभावित हुने भएको हो ।

प्रतिनिधि सभा बैठकमा आजदेखि विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा छलफल सुरु गर्ने तयारी थियो । त्यसका लागि अर्थमन्त्रीसहित सरकारका मन्त्रीको पनि उपस्थिति हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?